दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु

गढवा, १० मङ्सिर

दाङको तुलसीपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १६ जहदागाउँ निवासी ४५ वर्षीय सुरेश डाँगीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनलाई शनिवार दिउँसो सवा ३ बजेको समयमा मलवारे कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

अहिले अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *