माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा माओवादी स्थायी कमिटी बैठक बस्दै छ । विहीबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्न बैठक बस्न लागेको माओवादीका स्थायी समिति सदस्य गणेश साहले बताए।

उनका अनुसार बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टी पङ्ति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिनेछ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे पार्टीले गर्न सक्ने कार्यक्रमका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्शसमेत गरेका थिए । स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुबाट प्राप्त सुझावका आधारमा बैठकले निर्णय लिने बताइएकाे छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID