ठूला दललाई रवि लामिछानेको चेतावनी : नसुध्रिए अर्को चुनावमा देशैभर घण्टी बज्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला दल सच्चिन र जनताका पक्षमा काम गर्न अन्तिम मौका आएको बताउनु भएकाे छ ।

चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौरमा आयोजित धन्यवाद सभामा सम्बोधन गरेका लामिछानेले जनताले अहिले पनि पुराना दलहरुलाई अन्तिम मौका दिएको बताउनु भयाे।

‘ठूला पार्टीलाई नेपाली जनताले अर्को एउटा मौका दिएका छन्, मौकाको दुरुपयोग नगर्नु होला, जनताको पक्षमा काम गर्नुहोला’, लामिछानेले भन्रु भयाे, ‘अन्यथा अहिले मधुरो रुपमा बजेको घण्टी अर्को पाँच बर्षपछि देशभर चर्को रुपमा बज्ने छ, यो रोकिनेवाला छैन ।’

लामिछानेले जनताले दिएको शक्तिलाई जनताको हितमा काम गर्ने वाचा सबैले गर्नुपर्ने बताउनु भयाृे । उहांले जनताले दिएको शक्ति लिएर आफ्ना कार्यकर्ता र आपेपासे आफन्त पोस्ने काम मात्रै नगर्न आग्रह गर्नुभयाे । अब संसदमा कोही पनि भष्ट्राचारी छिर्न नपाउने भन्दै लामिछानेले सबै दल भष्ट्राचार नियन्त्रण र अहिलेसम्म भएका ठूला काण्डको छानबिनका लागि तयार हुनुपर्ने बताउनु भयाे ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *