नेपाली कांग्रेसले पनि कटायो समानुपातिकमा ३ लाख मत

प्रदेश/प्रतिनिधि सभा निर्वाचन विशेष

गणतन्त्रनेपाल डटकम

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेपाली कांग्रेसले पनि तीन लाख मत कटाएको छ । मत गणनाको पछिल्लो परिणाम अनुसार कांग्रेसले समानुपातिकतर्फ तीन लाख ७३१ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फ एमाले सर्वाधिक मतसहित अग्रस्थानमा छ । एमालेले ३ लाख २६ हजार २८७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो पार्टीले हालसम्म समानुपातिकमा १ लाख ६४ हजार ३६७ मत प्राप्त गरेको छ ।

यसैगरी चौथो स्थानमा रहेको माओवादी केन्द्रले एक लाख ४६ हजार ५९२, पाँचौं स्थानमा रहेको राप्रपाले ८५ हजार ६७३ मत प्राप्त गरेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID