
दाङ,५ मंसिर
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिनुभएको छ । क्षेत्र नं २ मा कुल खसेको मत ७९४३७ मध्ये करीव ९ हजार मत गणना भएको छ ।
९ हजार मत गणना हुँदा शर्माले ३६७३ मत ल्याउनुभएको छ भने एमाले महासचिव शंकर पोख्रेलले २६५३ ले मत प्राप्त गर्नुभएको छ । ९ हजार मत परिणाम सार्वजनिक हुँदा शर्माले पोख्रेललाई १०२० मतले पछाडि पार्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बिशाल अधिकारीले ६७५ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी १०३ मत प्राप्त गर्नुभएकाे छ ।
दाङ क्षेत्र नं २ मा कुल खसेको मत ७९४३७ मध्य करीव ९ हजार मत गणना भएको छ । जसमा वंगलाचुलीको मत ३७२१, घोराही १५ को ११५६, घोराही १९ को १०६३, घोराही १८ को २१००, घोराही १३को १००८ र घोराही ४ को ४४७ मत गणना भएको छ । बङगलाचुलीको ५०२१, घोराहीका बाकी बुथ र तुलसीपुरका चार वडाको मत गन्न बाकी रहेकाे छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





