
गढवा, ५ मंसिर
दाङको क्षेत्र नम्बर – १ को मत गणना सुरु भएको छ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट शान्ता चौधरी तथा गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचनमा होमिएका छन् ।मेटमणि संघीय सरकारका सहरी विकास मन्त्री समेत हुन् ।
दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेकी शान्ता चौधरी, राप्रपाकी लिली बुढाथोकी, हाम्रो नेपाली पार्टीकी गंगा चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक लगायतका उम्मेदवार प्रतिस्पर्धा छन् ।
त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर १ मा अपरान्ह २ बजेबाट मतगणना सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतसमेत रहनु भएका मान बहादुर बिष्टका अनुसार सर्वदलीय बैठक सकिएको छ र अपरान्ह २ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको बताउनुभयो।
यस क्षेत्रमा तिन महिला र तिन पुरुष प्रतिस्पर्धामा होम्मिएका छन्।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





