दाङमा ६० प्रतिशत मत खस्यो

दाङ ४ मंसिर

दाङमा ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार ६० देखि ६३ प्रतिशत सम्म मत खसेको छ। जस अनुसार क्षेत्र नम्बर १ मा १३४७३३ मतदाता रहेकाेमा ८० हजार ७०० अर्थात ५९.८९ प्रतिशत मत खसेकाे छ । त्यसै गरि क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता रहेकाेमा ७९ हजार ४ सय ४६ अर्थात ५९.३९ प्रतिशत  मत खसेकाे छ ।

क्षेत्र नम्बर ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकाेमा ९० हजार १ सय ५० मत अर्थात ६१.५४ प्रतिशत मत खसेकाे छ । भने कारागार कार्यालय तुलसीपुर अस्थायी मतदान केन्द्रमा कुल ३ सय १४ मतदाता रहेकाेमा १ सय ३६ अर्थात ४३.३१ प्रतिशत मत खसेकाे छ । त्यसै गरि कारागार कार्यालय घाेराही अस्थायी मतदान केन्द्रमा कुल ४ सय २८ मतदाता रहेकाेमा १ सय ११ अर्थात २५.९३ प्रतिशत मत खसेकाे सूचना अधिकृत कवरले जानकारी दिएका छन् ।

जिल्लामा १५३ मतदान स्थल, ४६५ मतदान केन्द्र छन्। अहिले सबै मतदान केन्द्रको विवरण संकलन भइरहेको हो । दुई वटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ। ४ लाख १४ हजार ९ सय ५६ मतदाता थिए ।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *