गढवामा मतदान केन्द्र निर्माण अन्तिम चरणमा 

आलोक भावुक

गढवा, ३ मङ्सिर

गढवाका मतदान केन्द्रमा खटिएका कर्मचारी म्यादी प्रहरी मतदान केन्द्र निर्माणमा जुटेका छन्। विद्यालय तथा क्याम्पस हाताभित्र मतदान गर्न सजिलोको लागि लाइन लाग्ने ठाउँ बनाउन कर्मचारी हरु जुटेका हुन्। अधिकांश मतदान स्थलको तयारी अन्तिम चरणमा पुगेको छ।

हरेक मतदान स्थलमा महिला, पुरुषको लागि पनि छुट्टाछुट्टै लाइनको व्यवस्थापन गरिएको जनता माध्यमिक विद्यालय गढवा मतदान केन्द्रका ‘घ’बुथका मतदान अधिकृत नन्दलाल शर्माले जानकारी दिनु भयो। जनता माध्यमिक विद्यालय गढवा मतदान स्थलको घ बुथ अरु भन्दा भिन्न तरिकाले सजाईएको छ। महिला पुरुष लाई सहजको लागि सजाईएको अधिकृत शर्माले बताउनुभयो।

मंसिर – ४ को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा सबै दल तथा निर्दलिए उम्मेदवारहरुले जोरसोर बाट आफ्नो तागत लगाई सकेका छन्। सबै दलका उम्मेदवार हरुको आ-आफ्नै तर्क र जित्ने आत्मा बिस्वास रहेको छ।

गढवा गाउँपालिकामा जम्मा १५१९० पुरुष र १४६११ महिला र १ जना अन्य मतदाता गरी जम्मा २९८०२ मतदाता रहेका छन्। गढवा गाउँपालिकामा जम्मा १० मतदान संख्या रहेको छ भने ३३ मतदान केन्द्र बाट २९८०२ जना मतदाताले उम्मेदवार हरुको हारजितको फैसला गर्नेछन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID