गढवामा धमाधम मतदान केन्द्रहरु निर्माण हुँदै

गढवा, २ मङ्सिर

गढवाका मतदान केन्द्रमा खटिएका कर्मचारी मतदान केन्द्र निर्माणमा जुटेका छन्। विद्यालय तथा क्याम्पस हाताभित्र मतदान गर्न सजिलोको लागि लाइन लाग्ने ठाउँ बनाउन कर्मचारी हरु जुटेका हुन्। हरेक मतदान स्थलमा महिला, पुरुषको लागि पनि छुट्टाछुट्टै लाइनको व्यवस्थापन गरिएको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को गढवा गाउँपालिका वडा नम्बर – ६ मा २ वटा मतदान स्थल रहेको छ। पहिलो गढवा बहुमुखी क्याम्पस जहाँ कुल ३७६५ मतदाता रहेका छन् भने दुर्गा आवि मनिकापुर चिलियामा कुल १४२३ मतदाता रहेका छन्।

गढवा बहुमुखी क्याम्पस गढवामा चार वटा मतदान केन्द्र बाट कुल ३७६५ जनाले मतदान गर्ने छन् भने दुर्गा आवि मनिकापुर चिलियामा दुई मतदान केन्द्रबाट कुल १४२३ मतदाताले मतदान गर्ने छन्।

गढवा गाउँपालिकामा जम्मा १५१९० पुरुष र १४६११ महिला र १ जना अन्य मतदाता गरी जम्मा २९८०२ मतदाता रहेका छन्। गढवा गाउँपालिकामा जम्मा १० मतदान संख्या रहेको छ भने ३३ मतदान केन्द्र बाट २९८०२ जना मतदाताले उम्मेदवार हरुको हारजितको फैसला गर्नेछन्

स्थानीय तहको निर्वाचन जस्तो हर्ष उल्लासका प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा देखिएको छैन। तर सो मतदान स्थलमा खटिएका कर्मचारीहरुमा भने निकै उत्साहित भएर मतदान निर्माण स्थलमा लागिपरेका छन्।

मंसिर – ४ को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा सबै दल तथा निर्दलिए उम्मेदवारहरुले जोरसोर बाट आफ्नो तागत लगाई सकेका छन्। सबै दलका उम्मेदवार हरुको आ-आफ्नै तर्क र जित्ने आत्मा बिस्वास रहेको छ।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *