मतदान स्थलको आसपासका प्रचार सामग्री भोली मध्यरात सम्म हटाउनुपर्ने

गणतन्त्रनेपाल डटकम

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव आउन अब ४ दिन मात्रै बाँकी रहेको छ । दल तथा उम्मेदवारले भोली मध्य रात सम्म मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । मतदान हुने दिन भन्दा ४८ घण्टा अघि देखि कुनै पनि उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाइने भएको छ  । दल तथा उम्मेदवारले गएको १७ गते देखि चुनाव प्रचार गर्न सुरु गरेका थिए ।

विगतमा मौन अवधि भनिन्थ्यो भने निर्वाचन आयोगले भोली मध्यरात पछिको अवधीलाई स्थिर समयका रुपमा व्याख्या गरेको छ ।  निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भएकाले भोली बिहीबार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार गर्न नपाइने भएको हो ।

निर्वाचन आचारसंहिताअनुसार स्थिर समयमा सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।

यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार हुने मतदान तथा मतदानपछि मतपत्रको गोप्यता कायम गर्न आग्रह गर्नुभएको छ । कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न उनको आग्रह छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ९ मा कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने व्यवस्था रहेको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID