यो चुनाव संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह हो : दाहाल

गणतन्त्रनेपाल डटकम

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह भएको बताउनु भएकाे छ ।

मोरङ क्षेत्र नं ६ (१) को गछियाचोकमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको बृहत आमसभामा अध्यक्ष दाहालले यस्तो बताउनु भएकाे हाे । यस क्रममा उनले देशमा प्रतिगमनविरुद्ध फेरि आन्दोलन गर्नु नपारेस् भन्ने सम्झेरै यसपटक मतदान गर्न सबैलाई आह्वान गर्नु भयाे ।

मुलुकमा जनताले पहिलोपटक अधिकार पाएको संविधानको रक्षा, स्थिरता र आर्थिक विकासका लागि लोकतान्त्रिक वाम गठबन्धन बनेको भन्दै उहांले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेर जिताउन आग्रह गर्नु भएकाे हाे । ‘देशमा जनताको खुन, पसिनाले लेखिएको संविधानको रक्षा र स्थिरता ठूलो अपेक्षा छ,’ उहांले भन्नु  भयाे, ‘यसको लागि लोकतान्त्रिक वाम गठबन्धनले नै मुलुकमा आवश्यक समग्र आर्थिक विकास गर्छ ।’

संविधानको रक्षा, स्थिरता र समृद्धिलाई लोकतान्त्रिक वाम गठबन्धनले मूल नारा बनाएर अघि बढेको दाहालले बताउनु भयाे । ‘देशमा राजनीतिक परिवर्तन र घोषणा त धेरै भए तर जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरी आर्थिक विकास र समृद्धिको गति त्यही रुपमा लिन सकेन । त्यसकारण आर्थिक क्रान्ति नहुँदा राजनीतिक परिवर्तन दिगो हुने गरेको छैन । त्यसैले यसपटक चुनावपछि बन्ने गठबन्धनको सरकारको मुख्य उद्देश्य आर्थिक विकास नै हुनेछ ।’

देशैभर सत्ता गठबन्धनको लहर आइसकेको र गठबन्धनको विजय सुनिश्चित रहेको दाहालले दाबी समेत गर्नुभयाे । ‘गठबन्धन विकास र समृद्धिको लागि धेरै वर्षसम्म रहनेछ । गठबन्धनको पक्षमा जति ठूलो जनमत हुन्छ त्यसरी नै देशको विकास र सुशासन हुने विश्वास व्यक्त गर्न चाहान्छु,’ दाहाललेभन्नु भयाे।

यस्तै उहांले कांग्रेस र कम्युनिस्ट मिलेको बेला देशमा ठूला परिवर्तन भएको स्मरण गराउँदै कांग्रेस र माओवादी मिलेपछि नै देशमा शान्तिको सुरुवात भएकोले यो गठबन्धन भएको दाहालले बताउनु भयाे ।

यसैबीच, प्रदेश १ राजनीतिक चेतना र आर्थिक विकास, उद्योगधन्दा, कलकारखाना र मजदुर आन्दोलनको दृष्टिकोणले अग्रणी भएकोले ठूलो अपेक्षा रहेको दाहालको भनाइ थियो । ‘कर्णालीबाट पूर्वतिर हेर्दा जनताले बडो साकारात्मक ढंगले हेर्छन् त्यसैले पूर्वका जनताको जिम्मेवारी पनि ठूलो छ,’ उहांले भन्नु भयाे, ‘त्यसैले देशलाई प्रतिगमनतिर फर्किन नदिन पूर्वले यो चुनावमा भूमिका निर्वाह गर्नेमा आशावादी छु ।’

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID