दाङका सम्पुर्ण सीमा नाकाहरु मंसिर १ गते राति देखि ४ गते सम्म बन्द हुने

गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३० कार्तिक

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी भारत सँग सिमा जाेडिएकाे दाङ जिल्लाका सम्पुर्ण सीमा नाकाहरु तीन दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले मंगलवार एक सुचना जारी गरि मंसिर १ गते राति १२ बजे देखि मंसिर ४ गते राति १२ बजे सम्म नेपाल भारत सिमा नाका बन्द गर्ने बताएकाे छ ।

निर्वाचनलाई स्वतन्त्रण निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सिमा नाका बन्द गर्न लागिएकाे सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जारि गरेकाे सुचनामा उल्लेख छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID