शोकमा बुद्ध ज्योति माध्यमिक विद्यालय गढवा बन्द  

आलोक भावुक

गढवा, २९ कार्तिक

भोली (बुधबार) शोकमा बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको पठनपाठन बन्द हुने भएको छ।

बुद्ध ज्योति माध्यमिक विद्यालय गढवामा कक्षा दशमा अध्ययनरत छात्र निश्चल यादवको शोकमा बिध्यालयको पठनपाठन बन्द रहने विध्यालयका प्रिन्सिपल बसन्तराज भट्टराईले जानकारी दिनु भएको छ ।

राप्ती नदीमा साथी संग नुहाउन गएका निश्चल यादव यही कार्तिक २६ गति शनिबार दिउसो १२:१५ बजेको नदीमा हराएका थिए । पानीमा डुबेको चौथो दिनमा गढवा गाउँपालिका वडा नम्बर – १ बडहराका झोलुङ्गे पुलको छेउमा मृत अवस्थामा स्थानीयले फेला पारेका हुन्। मंगलवार नै यादवको राप्ती घाटमा अन्त्येष्टि गरिएको छ।

आफ्नो विध्यालयको छात्रको मृत्यु हुँदा अपूरणीय क्षति भएको भन्दै शोकमा एक दिन बुधबार विद्यालय बन्द गर्ने निर्णय गरिएको विध्यालयका एम.डि. शंकर पाण्डेले जानकारी दिनु भयो।

एम. डि. पाण्डेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बुधवार एक दिन बिध्यालयका छात्र निश्चल यादवको शोकमा विध्यालय बन्द रहने सबैमा जानकारी गराउनु भएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID