
गढवा, २८ कार्तिक
नेकपा एमालेमा प्रवेस गर्नुभएका नेकपा माओवादी केन्द्रका लमही नगरपालिका वडा नं १ का इन्चार्ज घनश्याम खनाल माओवादीमै फिर्ता हुनु भएको छ । पार्टी भित्रको पार्टी परिचालन,जनजीवीकाका सवालमा असन्तुस्टी व्यक्त गर्दै एमालेमा प्रवेस गर्नुभएका खनाल पार्टी नेतृत्व विचको छलफल पछी घर फिर्ता भएको बताउनु भएको छ ।

घनश्याम खनालकै अध्यक्षतामा लमही नगरपालिका वडा नं १ को बैठकमा पार्टी कार्यकर्ताको मनोभावना अनुसार पार्टी अघि बढ्ने नेताहरुको प्रतिबद्धता अनुसार उहाँ माओवादीमा फर्कनु भएको हो । बैठक पछी खनालले सर्बहारा वर्गको उन्नती गर्ने पार्टी माओवादी मात्रै भएको आफ्नो लामो समयको योगदान माओवादीमै भएकाले रिस आवेगमा गरिएका निर्णयलाई फिर्ता ल्याउदै माओवादीमा पार्टीमा रहेका जिम्मेवारी पुनः फर्कनु भएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले दाङ पार्टीलाई देशकै नमूना पार्टी वनाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । सामान्य विषयले कार्यकर्ता पार्टी छाड्ने होइन वाही बसेकाहरुलाई जोड्ने गरी अब पार्टी अघि बढ्छ, यो जिम्मेवारीका साथ लाग्नुस आचार्यले भन्नुभयो । आचार्यले अब पार्टी कार्यकर्ताको मनोभावना समेटेर पार्टीले योजना ल्याउने प्रतिबद्धता जनाउनुभयो । पार्टी नेतृत्व आत्मआलोचित हुन समस्या नरहेको भन्दै कार्यकर्ता र जनतासंग आत्मआलोचित हुँदै नेतृत्वले कमजोरी सुधार गर्ने बताउनुभयो ।
बैठकमा नेकपा माओवादी केन्द्र लमही नगर इन्चार्ज बसन्त शर्मा विक्रान्त, पार्टीका नगर अध्यक्ष डिलकुमार श्रेष्ठ,पार्टीका वडा नं १ का वडा अध्यक्ष विष्णु प्रसाद शर्मा लगायतको सहभागिता हेको थियो ।





