
गढवा, २६ कार्तिक
राप्ती नदीमा नुहाउन गएका दाङ देउखुरी गढवा गाउँपालिका वडा नम्बर – १ का निश्चल यादवको खोजी कार्य अझै पनि जारी रहेको छ।
एक्काइस घण्टा बितिसक्दा पनि अझै सम्म यादव फेला परेका छैनन्।
गढवा गाउँपालिका वडा नम्बर – १ बड्हरा राम गोपाल यादवका १६ वर्षीय छोरा निश्चल यादव शनिबार दिउसो १२बजेको आसपास नुहाउनका लागि १ बड्हरा मै स्थित झोलुङगे पुल नजिक राप्ती नदीमा नुहाउन गएका थिए।नुहाउने क्रममा वेपत्ता भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
साथी सँग कपाल कटाएर राप्ती नदीमा नुहाउन गएका बालक नदीमा डुवेर वेपत्ता भएपछि कपडा धुन गएका महिलाहरुले प्रहरीलाई खवर गरेका थिए ।
खवर पाए लगत्तै नेपाल प्रहरी, ससत्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट खोजी गरे पनि अहिले एक्काइस घण्टा बितिसक्दा पनि बालक फेला परेका छैनन् । वेपत्ता बालक गढवाको बुद्धज्योती मावि कक्षा १० मा अध्ययनरत रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अहिले पनि खोजी कार्य भैरहेको र बालकको खोजी कार्यमा सहयोग गरिदिन हुन सम्बन्धित सबैमा जेठा बुवा रामसुरत यादवले सबैमा अनुरोध गर्नु गर्नुभएको छ।
