यो निर्वाचन संविधान रक्षा र निरंकुशताबीचको जनमतसंग्रह हो : दाहाल

‘द्वन्द्व पीडित सबैलाई यो र उ नभनी समान रुपमाले सम्बोधन गर्नैपर्छ’

गणतन्त्रनेपाल डटकम

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का उम्मेदवार पुष्पकमल दाहालले द्वन्द्वपीडित सबैलाई समान रुपले सम्बोधन गर्नुपर्ने बताउनु भएकाे छ ।

चुनावी भेटघाट अन्तर्गत गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा भएको सभालाई सम्बोधन गर्दै दाहालले द्वन्द्वपीडितको समस्या अहिले बनेको लोकतान्त्रिक तथा समाजवादी गठबन्धनले मात्र टुङगो लगाउन सक्ने बताउनु भयाे ।

‘द्वन्द्वपीडित, युद्ध पीडित, कांग्रेस, माओवादीका नेता कार्यकर्ता, समर्थक भनौं या नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरी, सबैलाई बिना भेदभाव सम्मान गर्ने, अधिकार स्थापित गर्ने नीति पारित भइकेको छ, त्यसलाई सत्यनिरुपण र बेपक्ता अयोग मार्फत् अन्तिम टुँगो लगाउने प्रक्रियामा छौं,’ उहांले भन्रु भयाे,‘ द्वन्द्व पीडित सबैलाई यो उ नभनी समान रुपमाले सम्बोधन गर्नै पर्छ ।’

गोरखा जिल्ला पनि द्वन्द्व र युद्धबाट प्रभावित भएकाले सबैको घाउमा मल्मह लगाउनुपर्ने उहांले बताउनु भयाे । ‘नेपाली कांग्रेसका साथीहरूलाई पनि भनेको छु, त्यो बेलाको पीडित परिवारसँग मलाई भेटाइदिनुस्, ती परिवारको कुरा सुन्न चाहन्छु,’ उहांले भन्नु भयाे, ‘हामीले आर्थिक विकास, आर्थिक क्रान्ति गर्ने भनेका छौं, त्यसका लागि फाटेका मनहरू टाल्नुपर्छ, त्यसरी मात्र विकास सम्भव हुन्छ ।’

यस क्रममा दाहालले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउने आधारभूमि पनि गोरखा हुनसक्ने बताउनु भयाे । ‘गोरखाको जनताको भरोसामा, सदभावमा फेरि एकचोटि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर दिगो शान्ति र विकासको आधार बनाउन सकिन्छ,’ उहांले भन्रु भया्े । यस्तै गोरखा जिल्लालाई विकास निर्माणको अग्रणी बनाउने पनि दाहालले बताउनु भयाे। ‘मैले बाँकी जीवन विकास र समृद्धिका निमिक्त भनेर देशभर पनि भनेको छु,’ उहांले भन्रु भयाे,‘अब विकास र समृद्धिको राष्ट्रिय एकताको भूमिका पनि गोरखाले खेल्न सक्छ, खेल्नुपर्छ ।’

मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्र नभएको पनि दाहालले बताउनु भयाे  । नेपाली जनताले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षा गर्ने वा यसलाई उल्टाउने तथा देशलाई निरंकुशता र अराजकतातिर लैजानेहरूबीचको जनमत संग्रह जस्तो पनि भएको बताउनु भयाे ।

‘हामी संविधान रक्षा गर्न अगाडि बढेका छौं, एकातर्फ शान्ति, विकास र समृद्धिको नेतृत्व गर्न चाहनेहरूको गठबन्धन, अर्कोतिर उल्टाउन चाहने, देशलाई फेरि अराजकता र निरंकुशताको अँध्यारोतिर लैजान चाहने, यी दुई बीच जनमतसंग्रह हुँदैछ ।’ चुनावी अभियान अन्तर्गत बिहीबारदेखि गोरखा क्षेत्र नं २ मा रहेका दाहालले एक दर्जनभन्दा बढी सभालाई सम्बोधन गर्नु भएकाे थियाे ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID