दाङ आइपुग्यो निर्वाचन सामाग्री

गणतन्त्रनेपाल डटकम

दाङ २५ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्याउनु भयाे तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चाहिने निर्वाचन सामाग्री दाङ आइपुगेको छ । निर्वाचन आयोगबाट एकसाता अघि मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतसम्पुर्ण निर्वाचनका सामाग्री दाङ आइपुगेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका निर्वाचन अधिकृत नारायण भण्डारीले जानकारी दिनुभयाे।

ती सामग्री मंसिर १ गते मतदान अधिकृत मार्फत दाङका सबै मतदान स्थलमा पठाइने भण्डारीले बताउनु भयाे ।

दाङमा १५३ मतदान स्थलमा निर्वाचनका लागि करिब ३८ सय कर्मचारी खटाइएको छ । त्यसैगरी पाँच हजार शुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

यसैबीच दाङ क्षेत्र नं. ३ को मतगणना तुलसीपुर स्थित राप्ती बबई क्याम्पसमा हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । त्यसैगरी क्षेत्र नं. १ को लमही नगरपालिकामा र क्षेत्र नं. २ को जिल्ला समन्वय समिति घोराहीमा मत गणना गर्ने तयारी छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID