गाउँपालिका स्तरिय सहकारी सन्जालको तेस्रो बैठक गढवामा सम्पन्न

आलोक भावुक

गढवा,२४ कार्तिक

गढवा गाउँपालिका स्तरिय सहकारी सन्जालको तेस्रो बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। सहकारी संजालका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको सञ्जालले जनाएको छ ।

सम्पन्न बैठकले गढवा गाउँपालिका भित्र सञ्चालित सहकारीहरुलाइ सहकारी संञ्जालमा आबद्ध हुनका सहकारी संञ्जालको नियमसंगत आबद्ध गराउने निर्णय गरेको छ ।

सम्पन्न बैठकले गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालमा आबद्ध सहकारीहरुको स्तर उन्नती तथा सुशासन कायम गर्नका लागि सहकारीले विबिध बिषयमा तालिम सञ्चालन गर्नु पर्ने भएकाले स्थानीय स्तरमा (गढवा गाउँपालिका) मा नेतृत्व तथा जिम्मेवारी सम्पादन गरिरहेका सहकारीकर्मी बाट सूचना जारी भएको १५ दिनभित्र आफ्नो ब्यक्तिगत विवरण सहित गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको कार्यालयमा पेश गर्ने गराउने निर्णय गरेको सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनु भयो ।

साथै बैठकले गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जाल सञ्चालनका लागि विनियम तयार गरी सहकारीहरुका पदाधिकारीहरुको व्यापक उपस्थितिमा उक्त विनियम पास गरी सहकारी सञ्जाल सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष अध्यक्ष गहतराजले बताउनुभयो ।

बैठकमा सञ्जालकी उपाध्यक्ष कमला आचार्य, सचिव कैलाश चौधरी, कोषाध्यक्ष अशोक केसी, सह-सचिव रेखा थापा र सदस्यहरूमा पट्वारी यादव, दामोदर ढुङगाना, रिना चौधरी, कमल कुमारी कुमाल, सल्लाहकार समितिका संयोजक हेमराज अधिकारी, सल्लाहकार समितिका सदस्य राम प्रकाश यादव, त्यसैगरी लेखा समिति सदस्य रम्भुनाथ चौधरी, पालिका स्तरीय सहकारी सञ्जालका प्रेस सल्लाहकार उमानाथ यादव लगाएतकाको उपस्थिति रहेको थियो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID