
बर्खायाम सकिए संगै नदि तथा खोलाको पानीको सतह घट्ने क्रममा जारी छ। पानीको सतह घट्दै गर्दा राप्ती नदी तथा खहरे खोलाहरु बाट नदिजन्य पदार्थ संकलन र ओसारपसार नगर्नु गराउनु भनि सम्बन्धित सबैलाई गढवा गाउँपालिकाले अनुरोध गरेको छ ।
यही कार्तिक २२ गते एक सूचना जारी गर्दै गढवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थान बाट नदिजन्य कुनै पनि पदार्थ ओसारपसारको र संकलन नगर्नु गराउनु हुन सबैमा अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ-‘नदि तथा खोलाको बहाब घट्दै गएको समयमा अबैध रुपमा खोलामा पसि नदिजन्य पदार्थ संकलन गरि नदि तथा खोला किनारहरूमा नदिजन्य पदार्थ (ढुङ्गा) संकलन गर्ने गरेको पाइएकोमा सो सम्बन्धमा गढवा गाउँपालिकले यस आर्थिक वर्षमा कुनै पनि ठेक्का आह्वान नगरेको तथा उत्खनन् सम्बन्धी कुनैपनि अनुमति समेत नदिएकोले त्यस्ता कार्य जो कोहीले पनि नगर्नु गराउनु भनि जानकारी गराइन्छ, साथै गढवा गाउँपालिकाको सूचनाको अवज्ञा गरी संकलन गरी राखेको नदिजन्य पदार्थहरुको सम्दर्भमा गाउँपालिकाको कार्यालयबाट कानुन बमोजिम जफत गरि उक्त अबैध कार्यमा संलग्नलाई प्रचलित कानुन बमोजिम जरिवाना गरि कार्वाही गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ’ भनेर सूचनामा स्पष्ट लेखिएको छ।
यस अघि पनि गढवा गाउँपालिकाले लाखौ मुल्य बराबरको अबैध रुपमा डम्पिङ गरेर राखेको नदिजन्य पदार्थ जफत गरिसकेको छ।





