गढवामा नमुना मतदान : ८५ मत खस्दा ८ मत बदर

आलोक भावुक

प्रदेश निर्वाचन कार्यालयको आयोजनामा गढवा गाउँपालिकाको जनता माध्यमिक विद्यालय गढवामा नमुना मतदान सम्पन्न भएको छ। नमुना मतदानमा कुल ८५ मत खसेको थियो जसमा ८ मत बदर भएको हो।

बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो। निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शुक्रवार नमुना मतदान गरेको हो।

प्रतिनिधि र प्रदेशसभा सदस्य पदको निर्वाचनलाई दृष्टिगत गर्दै आम सर्वसाधारणका निम्त्ति निर्वाचन कार्यालयले मतदाता शिक्षा अन्तर्गतको नमुना मतदान अभ्यास गरेको हो।

गढवा गाउँपालिका वडा नम्बर – ७ को गढवामा रहेको जनता माध्यमिक विद्यालयमा नमुना मतदान गरिएको प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो।

स्थानीय र कक्षा १२ का बिध्यार्थीहरु बाट मतदान गराईएको थियो । जम्मा ८५ मत खसेको मध्येबाट ८ मत बदर भएको सुचना अधिकारी कुंवरले जानकारी दिनु भयो।

नमुना मतदानमा स्थानीय, कक्षा ११ र १२ कक्षाका विद्यार्थी, शिक्षक शिक्षिका मतदान गरेका थिए। प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कुँवर, गढवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधिहरू नमुना मतदान कार्यक्रममा सहभागी हुनुभएको थियो।

मा प्रकाशित