विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ: मन्त्री मेटमणि चौधरी

गणतन्त्रनेपाल समाचारदाता

गढवा, ४ कार्तिक

क्षेत्र नम्बर १ दाङका सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विपी कोइराला आफ्नो पनि नेता भएको बताउनु भएको छ।

घोराही–२ पलासेमा विहिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘मैले विकासका काममा यो दल त्यो दल भन्ने गरेको छैन । सांसद हुने बित्तिकै संसद विकास कोषको रकमबाट पहिलो वर्ष नै विपी स्मृति भवनका लागि १५ लाख र त्यसपछि क्रमशः थप्दै ८० लाख हालेँ ।फेरि फिनिसिङ गर्नका लागि रु १ करोड थप रकम उपलब्ध गराउँदै छु । किनकि विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ । मैले त्यतिबेला कांग्रेससँग गठबन्धन हुने कल्पना गरेर बजेट दिएको त थिएन । र यसपाली जनमोर्चाका साथीहरुले भवन बनाइदिन अनुरोध गर्नुभएको छ । उहाँहरुको लागि पनि भवन बनाइने छ।’ मन्त्री चौधरीले भन्नु भयो।

‘सांसद विकास कोषको पैसा बाँड्दा समेत सबै दलका नेताहरुलाई बोलाएरै बाँडफाँड गरेको थिएँ । विकास सबैको साझा चाहना भएकोले सबैलाई मिलाएर हिँड्न जरुरी छ । जनतालाई विभाजन गरेर कसैको हित पनि हुदैन ।’ मन्त्री चौधरीको भनाई थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID