दाङको तुलसीपुरमा एक प्रेम जोडीको हत्या

एउटै खाडलमा गाडिएको अवस्थाका शव फेला

गणतन्त्रनेपाल समाचारदाता

दाङको तुलसीपुरमा एक प्रेम जोडीको हत्या गरी एउटै खाडलमा गाडिएको अवस्थाका शव फेला परेको छ। प्रेम जोडीको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का शरद आचार्य र रोशनी महताराको शव आज त्यहिँकै जनकल्याण सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा फेल परेको ईप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।

डीएसपी मल्लका अनुसार शरदको शव माथि रोशनीको शव फेला परेको छ । उनीहरूलाई गाडिएको खाल्डो करिब डेढ मिटर मात्रै गहिरो छ । शव दुर्गन्धित भइसकेको प्रहरीले जानकारी दिएको छ । शरद र रोशनी कार्तिक २७ गते राति आआफ्नै घरबाट बेपत्ता भएको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।

आफन्तकहाँ कते फेला नपरेपछी शुक्रवार प्रहरी जानकारी गराइएको थियो । गाउँलेले जंगलमा खोज्ने क्रममा रोशनीको कपडा भेटाएपछी प्रहरीलाई खबर गरेका थिए खनेको माटो देखिएको ठाउँमा खनेर प्रहरीले शव निकालेको हो ।

उनीहरूको हत्या पश्चात खाल्डो खनेर गाडेको प्रहरीले बताएको छ । सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले घोराहीबाट एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

मृतक शरद र रोशनी स्थानीय अम्वापुर माविको ९ कक्षामा अध्यनरत थिए । उनीहरू बीच प्रेम सम्बन्धमा रहेको स्थानीयहरू बताउँछन् । दाङ प्रहरी प्रमुख एसपी बिरबहादुर वलीले घटनाका बारेमा गम्भीर भएर अनुसन्धान थालिएको प्रतिक्रिया दिएका छन् ।

मा प्रकाशित