
दाङ क्षेत्र नम्बर १ (१) को बाम लोकतान्त्रिक गठबन्धनको बैठक शनिबार गढवामा सम्पन्न भएको छ। दाङ क्षेत्र नम्बर १ (१) को बाम लोकतान्त्रिक गठबन्धनको प्रदेश संयोजक बिरेन्द्र चौधरीको अध्यक्षतामा तथा इन्द्रजित थारुको बिशेष उपस्थितिमा बसेको बैठकले वडाहरुमा प्रचारप्रसार समिति गठन र बाम लोकतान्त्रिक गठबन्धनको कार्यालय स्थापना गर्ने महत्वपूर्ण निर्णय गरेको जनाएको छ।
सम्पन्न बैठकले चुनाव प्रचार प्रसार समिति गठन र कार्तिक ६ गते भित्र कार्यालय स्थापना गरिसक्नु पर्ने निर्णय भएको जनाएको छ। सम्पन्न बैठकले गढवा गाउँपालिकाको सबै वडाहरु र राजपुर गाउँपालिकाको वडा नम्बर १,२ र ३मा वडा स्तरीय चुनाव प्रचार प्रसार समिति गठन गरेको जनाएको छ।
गढवा गाउँपालिका वडा नम्बर – १ मा माओवादी नेता बसन्त गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ। साथै जस्को सदस्यहरुमा नेपाली काँग्रेसका दिपेन्द्र श्रेष्ठ, एकिकृत समाजबादीका राज कुमार घर्ती,राष्ट्रिय जनमोर्चाका भरत अधिकारी रहेका छन्।
त्यसैगरी गढवा गाउँपालिकामा वडा नम्बर – २ मा नेपाली काँग्रेसका नेता जनकमान चौधरीको संयोजकत्वमा ति ट्र सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ। साथै जस्को सदस्यहरुमा माओवादी केन्द्रका सन्तोष यादव, एकीकृत समाजवादीका राधेश्याम कुमाल रहेका छन्। गढवा गाउँपालिका वडा नम्बर – ३ मा नेपाली काँग्रेसका नेता शिव कुमार चौधरीको संयोजकत्वमा तिन सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । जस्को सदस्यहरुमा माओवादी केन्द्र आशा राम चौधरी र एकिकृत समाजबादी डिल्ली बहादुर रावत रहेका छन्। गढवा गाउँपालिका वडा नम्बर – ४ मा नेपाली काँग्रेसका नेता प्रदीप केसीको संयोजकत्वमा चार सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।
जस्को सदस्यहरुमा माओवादी केन्द्र अति उल्लाह मनिहार, एकिकृत समाजबादीका बाम देव यादव र राष्ट्रिय जनमोर्चाका चिन्ता प्रशाद पोख्रेल रहेका छन्। गढवा गाउँपालिका वडा नम्बर – ५ माओवादी केन्द्रका शंकरदेव चौधरीको संयोजकत्वमा चार सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।जस्को सदस्यहरुमा नेपाली काँग्रेसका देवराज कुंवर, राष्ट्रिय जनमोर्चाका गिरिराज भट्टराई, एकीकृत समाजवादीका राज कुमार चौधरी रहेका छन्। गढवा गाउँपालिका वडा नम्बर – ६ नेपाली काँग्रेसका नेता हुकुम राज यादवको संयोजकत्वमा चार सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।
जस्को सदस्यहरुमा माओवादी केन्द्रका महेश अधिकारी, राष्ट्रिय जनमोर्चाका भोजराज पोख्रेल, एकीकृत समाजवादीका दिपक बहादुर रोका रहेका छन्। गढवा गाउँपालिकाका वडा नम्बर – ७ एकीकृत समाजवादीका नेता पुरन चौधरीको संयोजकत्वमा चार सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । जस्को सदस्यहरुमा माओवादी केन्द्रका राम भरोसे चौधरी, नेपाली काँग्रेसका भोट बहादुर चौधरी, राष्ट्रिय जनमोर्चाका गुणनिधि शर्मा रहेका छन्। गढवा गाउँपालिकाका वडा नम्बर – ८ माओवादी केन्द्रका नेता सद्दाम सिद्दिकीको संयोजकत्वमा तिन सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । जस्को सदस्यहरुमा एकिकृत समाजबादीका र नेपाली काँग्रेसका अब्दुल कुदुस सिद्दिकी रहेका छन्। राजपुर गाउँपालिका वडा नम्बर – १ नेपाली काँग्रेसका नेता राम बक्स चौधरीको संयोजकत्वमा चार सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।
जस्को सदस्यहरुमा माओवादी केन्द्रका बिष्णु बहादुर बुढा, एकिकृत समाजबादीका जनक चौधरी र राष्ट्रिय जनमोर्चाका बेम राज खनाल रहेका छन्। राजपुर गाउँपालिका वडा नम्बर – २ माओवादी केन्द्रका नेता ऋषि राम यादवको संयोजकत्वमा चार सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । जसको सदस्यहरुमा एकिकृत समाजबादीका तुलसी राम भण्डारी, नेपाली काँग्रेसका राम आधार यादव, राष्ट्रिय जनमोर्चाका नवराज न्योपाने रहेका छन्। राजपुर गाउँपालिका वडा नम्बर – ३ नेपाली काँग्रेसका नेता त्रिजोगी नारायण यादवको संयोजकत्वमा तिन सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।
जसको सदस्यहरुमा माओवादी केन्द्रका राज बहादुर यादव, एकीकृत समाजवादीका जगमोहन यादव रहेको बाम लोकतान्त्रिक गठबन्धन दाङको क्षेत्र नम्बर १ (१) का संयोजक बिरेन्द्र चौधरीले जानकारी दिनु भयो। बैठकमा माओवादी नेता इन्द्रजित थारु, बाम लोकतान्त्रिक गठबन्धन दाङको क्षेत्र नम्बर १ (१) का संयोजक बिरेन्द्र चौधरी, माओवादी केन्द्रका लुमाकान्त न्योपाने, नेपाली काँग्रेसका किरण पौडेल, माओवादी केन्द्रका देवराज यादव र यामेश चौधरी, एकीकृत समाजवादीका सुदन खनाल, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, बिष्णु प्रसाद यादव(इतिहास) एकीकृत समाजवादीका गोबिन्द रोका मगर लगाएतको उपस्थिति रहेको थियो।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





