आप्रवासी कामदार हकहित संजालको जिल्ला स्तरीय प्रारम्भिक भेला सम्पन्न

अध्यक्षमा बुढाथोकी

आलोक भावुक

गढवा, २९ असोज

सुरक्षित आप्रवासन (सामी)कार्यक्रम अन्तर्गतको आप्रवासी कामदार हकहित संजालको जिल्ला स्तरीय प्रारम्भिक भेला शनिबार घोराहीमा सम्पन्न भएको छ।

घोराही उपमहानगरपालिका घोराहीका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बिना ज्ञान सिपले बैदेशिक रोजगारमा जाने होडबाजीले बिदेशमा दुख भोग्नु परेको बताउनु भयो । बिदेशमा श्रम होईन क्षमता बेच्न जाने सक्षम हुनु पर्ने बताउदै प्रमुख चौधरीले बिदेशमा जस्तो सुकै काम गर्न लाज नमान्ने नेपालीले त्यही ज्ञान, शिप र श्रम स्वदेशमै लगाए मनग्गे आम्दानी गर्न सकिने बताउनुभयो।

नेपाली युवा पुस्ताले मालिक भन्नुको साटो जागिरको पछी लाग्नाले बिदेशमा दुख पाई रहेको बताउनु भयो। आम युवा पुस्तालाई स्व-रोजगार हुन सुझाव समेत दिनु भयो। ‘यो समय नोकर होइन मालिक बन्ने हो, लाखो रुपैयाँ खर्च गरेर बिदेश जानु भन्दा लाखौ रुपैयाँ बाटै स्वदेशमा कुनै पेशा सुरु गरेर मालिक बन्न’ प्रमुख चौधरीले सुझाव दिनु भयो।

सम्पन्न भेलाले हेमराज बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय आप्रवासी कामदार हकहित संजाल जिल्ला स्तरीय तदर्थ समिति गठन गरेको छ। जसको उपाध्यक्षमा मेनका पाण्डे, सचिवमा शिव कुमार शर्मा, सह-सचिवमा टेक बहादुर सुनार, कोषाध्यक्षमा गगन पुरी ररहनु भएको छ। त्यसैगरी सदस्यहरुमा कृष्ण बहादुर आलेमगर, तिलक राम केसी, युवराज पाण्डे, मिना डिसि लाई पनि सर्वसम्मतले चयन गरेको छ । साथै गठित तदर्थ समितिले मङ्सिरको पहिलो साताभित्र जिल्ला स्तरीय सञ्जाल दर्ता गर्ने निर्णय गरेको छ ।

भेलामा दाङ जिल्लाका दश वटै स्थानीय तहबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थीयो। कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसि, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, पञ्चाराम चौधरी, सुरक्षित अप्रवास (सामी) कार्यक्रमको दाङ जिल्ला संयोजक बसन्ता पुन, मनो परामर्शकर्ता सुशिला आचार्य, परामर्शकर्ता रिता लामा, नेपाल पत्रकार महासंघ दिप्ती शिखा चौधरी, हेमराज बुढाथोकी, मिरा डिसी, राम स्वरुप चौधरी, गगन पुरी, श्यामलाल बुढा, टेक बहादुर सुनार, तिलक राम केसी, बुद्धीराम घर्ती, मेनका पाण्डे, कृष्ण बहादुर आले, बासु बिक, लबरु चौधरी, सुर्य बहादुर ओली, रवि कुमार शर्मा लगायतको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID