
एक भोट
छोटो अवधिमै
चामत्कारिक आर्थिक प्रगति गरेका
एक होनहार मजदुर नेताले
चिल्लो कारबाट ओर्लिएर
मलाइ धाप मार्दै
छिट्टै राम्रो ठाउँमा
रोजगारी लगाइदिने आश्वासन दिए !
उहीँ प्रकृतिकाे
कारमै सवार
सुकुम्बासी नेताले
छिट्टै मलाइ जग्गा धनी पुर्जा
दिलाइदिने आश्वासन दिए !
एक जत्था समर्थक लिएर
राहत बाँड्न निस्किएका
एक पूर्व घरजग्गा व्यवसायी
हालका समाजसेवी
ठूलो पार्टीको शक्तिशाली नेताले
गाउँमा विकासको योजना
ल्याइदिने आश्वासन दिए !
मलाइ थाहा छैन,
मजदुर नेताले
रोजगारी दिन्छन् कि दिँदैनन्
सुकुम्बासी नेताले
धनीपुर्जा दिलाउँछन् कि दिलाउँदैनन्
ठूलो पार्टीका शक्तिशाली नेताले
गाउँमा विकासको योजना ल्याइदिन्छन् कि ल्याइदिँदैनन्
तर मलाई
यति चाहिँ अवश्य थाहा छ
यी तीनमध्ये एक जनालाई
आगामी चुनावमा
मैले दिनुपर्नेछ
एक भोट !!
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





