गढवा गाउपालिकाद्वारा दोस्रो दिनपनि बाढीपिडित लाई राहत वितरण

आलोक भावुक

गढवा गाउपालिका द्वारा दोस्रो दिनपनि बाढीपिडित लाई राहत वितरण गरेको छ । गढवा गाउँपालिका वडा नम्बर – ५ को कार्यालय परिसरमा १०८ घरपरिवार लाई राहत सामग्री बितरण गरिएको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनु भयो। बाढी पिडित लाई एकद्वार प्रणाली मार्फत राहत वितरण कार्य बिहिवार दोस्रो दिनपनि निरन्तरता दिईएको उपाध्यक्ष चौधरीले बताउनुभयो।

असोज २० गते आएको बाढीले गढवा गाउँपालिकाको – ५ नं. वडामा ठुलो क्षति पुर्‍याएको छ । बाढीबाट गढवा गाउँपालिका वडा नम्बर – ५ मा ३५६ जना घरपरिवार प्रभावित भएका छन्। जसमध्ये १०८ घरपरिवारको पुर्ण क्षति भएको छ भने २४८ घरपरिवार आंशिक क्षती भएको ५ नम्बर वडाध्यक्ष लेखराज थापाले जानकारी दिनु भयो ।

गढवा गाउँपालिकालाई अहिले सम्म सहयोगको क्रममा नेपाल नेत्र ज्योति संघ, लमही आँखा अस्पताल, नेपाल रेड्क्रस, क्रियटिङ पोसिबिलिटिज नेपालले खाद्यान्न, लत्ताकपडा, त्रिपाल, कम्बल लगाएतको राहत सामग्री सहयोग गरेका छन्। नेपाल नेत्र ज्योति संघ, लमही आँखा अस्पतालले बुधबार चामल ५० बोरा (१२.५ क्विन्टल), दाल २बोरा (६०किलो),नुन एक बोरा, खानेतेल १ कार्टुन गढवा गाउँपालिकालाई हस्तान्तरण गरेको थियो भने बिहिवार नेपाल रेड्क्रसले ३७७ घरपरिवारका लागी सेनेटरी प्याड, टाबेल, साबुन,त्रिपाल,मेट्रस, कम्बल, डोरी, कोलगेट, ब्रस लगाएतको अति आवश्यक सामानहरु गाउँपालिका लाई हस्तान्तरण गरेको छ ।

बिभिन्न संघ संस्थाबाट आएको राहत सामग्रीलाई एकद्वार प्रणाली मार्फत राहत वितरण कार्य गरिरहेको पालिकाले जनाएको छ । बिहिवार मात्र गढवा गाउँपालिका वडा नम्बर ५ मा १०८ जना बाढी पिडित घरपरिवार लाई खाद्यान्न/त्रिपाल, कम्बल, लगायतको अति आवश्यक सामग्रीहरु वितरण गरिएको छ । खाद्यान्नमा २५ कालो चामल, ३ किलो दाल, १ किलो सोयाबिन, १ लिटर खानेतेल, १ किलो नुन, १ प्याकेट, सब्जी मसला र २ प्याकेट साबुन वितरण गरेको गढवा गाउँपालिकाले जानकारी दिएको छ । बाढीबाट अति प्रभावित भएकाहरु लाई खाद्यान्न वितरण गरिएको हो ।

सबै भन्दा बढी क्षति चैनपुर स्कुल, खानेपानी पानी ट्याङ्की आसपासको क्षेत्र,एक सय बिगाहमा लगाईएको धानबाली समेत नष्ट भएको छ भने साढे तिन बिगाहमा लगाईएको घाँस,अनुमानित ३२ क्विन्टल माछा, ११ सय ओटा ब्रोईलर कुखुरा लगाएतको ठाउँमा सबै भन्दा बढी क्षति पुर्‍याएको ५ नम्बर वडाका अध्यक्ष लेखराज थापाले जानकारी दिनु भएको छ । राहत वितरण कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, ५ नम्बर वडाध्यक्ष लेखराज थापा, जिल्ला समन्वय समितिका नित्यानन्द शर्मा, ५नम्बर वडाका वडा सदस्यहरु, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, ईनक्कोर कार्यक्रमका लक्ष्मण निरौला, रेडक्रसका स्वयम् सेवकहरु, रेडियो साझा आवाजका दुखहरण यादव लगाएतकाले वितरण प्रणालीमा सहयोग गर्नु भएको हो।

   

मा प्रकाशित