गढवा गाउँपालिकाका द्वारा बाढी पिडित लाई राहत वितरण

आलोक भावुक

गढवा,२६ असोज

गढवा गाउपालिकाले बाढी पिडित लाई एकद्वार प्रणाली मार्फत राहत वितरण कार्य सुरु गरेको छ। असोज २० गते आएको बाढीले गढवा गाउँपालिकाको आठ वटै वडामा ठुलो मात्रामा क्षती पुर्‍याएको थियो।

क्षती विवरण संकलन कार्य संगसगै राहत वितरण कार्य सुरु गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । बुधबार मात्र गढवा गाउँपालिका वडा नम्बर २ को महदेवा र डाँडागाउँमा गरी १११ जना बाढी पिडितहरु लाई खाद्यान्न वितरण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो। खाद्यान्नमा २५ कालो चामल, ३ किलो दाल, १ किलो सोयाबिन, १ लिटर खानेतेल, १ किलो नुन, १ प्याकेट, सब्जी मसला र २ प्याकेट साबुन वितरण गरेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनुभयो भयो। बाढीबाट अति प्रभावित भएकाहरु लाई खाद्यान्न वितरण गरिएको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो। गढवा गाउँपालिकाका वडा नम्बर – २, ५ र ७ बढी प्रभावित भएको छ।

सबै भन्दा बढी क्षती धानबाली, पशु चौपाया र घरमा भएको छ। सबै वडामा क्षती विवरण संकलन तेज रफ्तारमा भैरहेको पालिकाले जनाएको छ। वडा नम्बर – २मा बढी क्षतिहुनेहरुमा पचहियाका दिपक चौधरीको १५० ओटा ब्रोईलरको बच्चा बगाएको छ, मात्रिका प्रसाद चौधरीको ८० ओटा ब्रोईलर कुखुरा बगाएको छ। त्यसैगरी कोठरी स्थित ओम प्रकाश चौधरीको टेन्ट सामाग्री बगाएको छ भने फेन्सी पसलमा समेत ठुलो क्षती पुगेको भने कोठरीकै सुभाष चौधरीको र सुमन चौधरीको मोबाइल पसलमा समेत ठुलो क्षति पुगेको छ ।त्यसैगरी लक्ष्मीलाल चौधरी र शन्तराम योगीको पसल पनि डुबानमा परि ठुलो क्षति पुगेको छ ।

त्यसैगरी डाडागाउँका पदम शाहको एक बाख्रा, चाम बहादुर चौधरीको एक ओटा बंगुर, महदेवाका हेम बहादुर चौधरीको दुई ओटा खसी,पुष्पलाल चौधरीको ३०० ओटा ब्रोईलरको बच्चा, देव कुमार चौधरीको २१० ओटा ब्रोईलर बाढीले बगाएको वडाध्यक्ष भक्तु चौधरीले जानकारी दिनु भयो। त्यस्तैगरी माध्यमिक विद्यालय पचहियामा पर्खाल भत्किएको छ भने पुस्तकालयमा क्षति भएको छ। त्यसैगरी रात्री प्रथामिक विध्यालय पचहियामा पर्खाल र गेट बाढीले बगाएको छ। त्यसैगरी नमुना प्रथामिक विध्यालय महदेवामा ठुलो क्षति भएको छ, बिध्यालयमा भएको पर्खाल भत्केको छ भने कोठाभित्र रहेको प्रिन्ट मेसिन, कम्प्युटर र महत्वपूर्ण कागजातमा क्षती पुगेको छ।

गढवा गाउँपालिका वडा नम्बर – २ मा सबै भन्दा ठूलो क्षती भएको वडा भक्तु चौधरीले जानकारी दिनु भयो। वडा नम्बर – २ मा सबै भन्दा ठुलो क्षति भएको २३ जना घरपरिवार रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो। २३ घरपरिवारको मात्र अनुमानित ७८ लाख बराबरको धनमालको क्षती भएको वडाध्यक्ष चौधरीले जानकारी दिनु भयो। गढवा गाउँपालिकामा भएको क्षतीलाई मध्यनजर गर्दै विभिन्न संघ संस्थाहरुले राहत सामग्री/खाद्यान्न सहयोग पनि गरी रहेका छन। सहयोगको क्रममा नेपाल नेत्र ज्योति संघ, लमही आँखा अस्पतालले बुधबार चामल ५० बोरा (१२.५ क्विन्टल), दाल २बोरा (६०किलो),नुन एक बोरा, खानेतेल १ कार्टुन गढवा गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

साथै नेपाल रेड्क्रस सोसाइटीले राहत सामग्री तयारी अवस्थामा राखेको र बुधवार पालिका लाई हस्तान्तरण गर्ने जनाएको छ ।सहयोगको क्रममा क्रियटिङ पोसिबिलिटिज नेपालले पनि सहयोग गर्ने बताएको छ। क्रियटिङ पोसिबिलिटिज नेपालले बाढी प्रभावितहरुलाई २० गते देखीनै खाद्यान्न सहयोग गरि रहेको छ। विवरण संकलन गर्दै सबै वडामा क्षतीको विवरण हेरी राहत सामग्री निरन्तर वितरण गर्ने पालिकाले जानकारी दिइएको छ ।सबै वडामा क्षति विवरण संकलन भैरहेकोले सत्यतथ्य क्षति विवरण सम्बन्धित वडामा जानकारी गराइदिनु हुन पालिकाले सबै वडाबासीमा अनुरोध समेत गरेको।

     

मा प्रकाशित