गढवा गाउँपालिकामा बाढीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माणको कार्य सुरु

आलोक भावुक

गढवा गाउँपालिकामा बाढीले कट्न गरेको क्षेत्रमा तटबन्ध निर्माणको कार्य सुरु गरेको छ। केही दिन अगाडि लगातार परेको अविरल वर्षाका कारण गढवा गाउँपालिकाकाको बिभिन्न स्थानमा बाढी पहिरोले ठुलो क्षति पुर्‍याएको हो। गढवा गाउँपालिकाको आठ वटै वडामा बर्षातले क्षती पुर्‍याएकाे छ।

गढवा गाउपालिका भित्र रहेका खहरे खोला बिपदको मुख्य कारण बनेको छ । अबिरल बर्षाका कारण खहरे खोलामा आएको बाढीले सबै भन्दा बढी नोक्सान गरेको गढवा गाउँपालिकाले जनाएको छ । खहरे खोलाको बेग बढेपछि खेतीयोग्य जमिन, मानव बस्तीमा समेत ठुलो क्षति पुर्‍याएको गढवा गाउँपालिक अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।  लगातारको बर्षाले गढवा गाउँपालिका वडा नम्बर – ५ मा रहेको खानेपानीको ट्यान्कि निर्माण गरिएको क्षेत्रमा बढी क्षति पुर्‍याएको छ। बाढीले मुख्यगरी तयार भैसकेको धानबाली नष्ट गरेको छ।

काटेको धानबाली बगाएको छ भने काट्ने तरखर रहेको धानबाली लाई बगरमा परिणत गरेको छ। गढवा गाउँपालिका भरीमा कति एकड धानबाली नष्ट गर्यो एकिन विवरण अझै आउन सकेको छैन। बाढीले अधिकांश घरमा पानी पसेको छ। खाद्यान्न, लत्ताकपडा, केही बाढीले बगाएको छ भने केही काम नलाग्ने अवस्था रहेको छ। गढवा गाउँपालिकाको सबै वडाहरुलाई क्षति विवरण संकलन गर्ने कार्यमा लागेको पालिकाले जनाएको छ। राहत केही आईसकेको छ भने केही आउने तयारीमा छ, विवरण संकलन भएपछी तत्काल राहत वितरण गरिने पालिकाले बताएको छ ।
त्यसैगरी वडा – ५मा रहेको पानी ट्याङ्की नै कटान गर्ने अवस्थामा पुगेकोले त्यस क्षेत्रमा बाँध निर्माणको कार्य सुरु भैसकेको र बस्ती र सार्वजनिक संरचनाहरू लाई जोगाउने हिसाबले तत्काल तटबन्धको कार्य सुचारु गरेको गढवा गाउँपालिकाले अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी प्राविधिकको टिम, स्वास्थ्य शाखाको टिम, पशु शाखा र कृषि शाखाको टिम निरन्तर सबै वडामा स्थलगत अनुगमन गर्दै क्षति विवरण संकलन गरिरहेको गढवा गाउँपालिकाले जनाएको छ ।

rpt

          

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID