
दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुव्यवहार गरेको प्रहरीमा मुद्धा दर्ता भएको छ । ११ वर्षिया नाबालिकामाथि यौन दुव्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलमाथि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले जानकारी दिनु भएको छ।
प्रहरी प्रमुख वलीका अनुसार आरोपी पोखरेलले आफ्नो घरमा काम गर्न बसेकी बालिकामाथि पटक–पटक यौन दुव्यवहार गर्दै आएको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । प्रहरीले आइतवार नै मुद्धा दर्ता गरी आरोपीको खोजी कार्य भइरहेको जनाएको छ । प्रहरीका अनुसार आरोपीत पोखरेल फरार रहेका छन्।
पीडितको परिवारले भने मुद्धामा यौन दुव्यवहार भनिए पनि बालिकामाथि करणी नै भएको बताए । पीडित परिवारका अनुसार बालिका आरोपी पोेखरेलको घरमा गत बैशाखदेखि काम गर्न बसेकी थिइन् । आरोपित पोखरेलले बालिकालाई असारमहिना देखि पटक पटक धाक धम्की देखाएर करणी गर्दै आएको पीडित परिवारले बताएको छ ।





