एक साता देखि गढवाको कोईलाबासमा विद्युत् आपूर्ति बन्द

बिध्धुत प्राधिकरण भन्छ बाटो छैन कसरी काममा जाने

आलोक भावुक
 गढवा २४ असोज
 एक साता देखि गढवा गाउँपालिका वडा नम्बर – ८ कोईलाबासमा विद्युत् आपूर्ति बन्द हुदा सेवाग्राहीहरु मर्कामा परेका छन्।
लगातारको बर्षाका कारण ठाउँमा ठाउँमा रुखहरु ढलेर तार र पोलमा क्षति पुगेको छ । एक साता सम्म विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ ।
लमही कोइलाबास हुलाकी राजमार्गको जमुनिवासमा पहिरो गएर आवतजावत बन्द भएको कारण बिध्धुत मर्मत गर्न आफुहरु जान नस्कने अवस्थामा रहेको बिध्धुत प्राधिकरणले बताएको ८ नम्बर वडाध्यक्ष अब्दुल खालिक सिद्दिकीले जानकारी दिनु भयो। सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिस, लगायत दैनिक कार्य प्रभावित भएको हो ।
मोबाइल फोन, एफएम लगायतका सञ्चार संस्थाको सेवा बन्द छ । त्यसैगरी विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने काम प्रभावित भएको अध्यक्ष सिद्दिकीले बताउनुभयो। बिध्धुत आपूर्ति नहुंदा कोइलाबास वडाका गुरुङनाका, खबरी नाका, कोईलाबास, मुसीनाकाका बासीको दैनिकी कस्टकर बनेको छ। बाटोमा भएको पहिरो हटाउने कार्य सोम साझ सकिए पछी लमही कोईलाबास हुलाकी राजमार्ग सञ्चालनमा आएको।
  मंगलबार बिध्धुत प्राधिकरणमा जाने र कुनैपनि हालतमा बिध्धुत सुचारुका लागि पहल गर्ने वडाध्यक्ष सिद्दिकीले जानकारी दिनु भयो ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID