इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने

गणतन्त्रनेपाल समाचारदाता

इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने निश्चित भएको छ।

एमाले नेता चौधरीलाई माओवादी केन्द्रले प्रदेशसभामा टिकट दिने बताएपछि उनी माओवादी प्रवेश गर्न लागेका हुन्।

नेता चौधरीले माओवादी प्रवेश गर्न लागेको पुष्टि गरे।

‘टिकटको कुरा के हुन्छ २३ गते थाहा हुन्छ, माओवादी प्रवेश गर्न लागेको सत्य हो,’ शनिबार विराटनगर विमानस्थलमा चौधरीले भने, ‘बाँकी कुरा पछि गरौंला।’

उनलाई माओवादीले सुनसरी-२ को (क) बाट उम्मेदवार बनाउने शर्तमा पार्टी प्रवेश गराउन लागेको हो। चौधरीलाई प्रवेश गराउने भएपछि सुनसरी माओवादीमा असन्तोष बढेको छ।

२०७४ को निर्वाचनमा इटहरीका मेयर चुनिएका चौधरी नेता भीम आचार्य निकट मानिन्थे। १० बुँदे सहमतिका बेला आचार्य एमालेमा रहेपछि उनी पसिन एमालेमै थिए।

तर अहिले आचार्यको आफ्नै टिकटको टुंगो नभएका बेला चौधरी माओवादी प्रवेश गर्न लागेका हुन्। उनी शनिबार काठमाडौं गएर प्रचण्डलाई भेट्ने कार्यक्रम छ।

इटहरीका पूर्व मेयर चौधरी विवादास्पद पृष्ठभूमिका नेता हुन्।

माओवादीले थारु बहुल क्षेत्रको मत आकर्षित गर्न चौधरीलाई पार्टी प्रवेश गराउने तयारी गरेको माओवादी नेताहरू बताउँछन्।

यद्यपि माओवादीका पुराना नेताहरू भने उनको पार्टी प्रवेश र टिकट निश्चितताका बारे असन्तुष्ट छन्। माओवादी नेता शिवकुमार डाँगी लगायतका नेताहरु उनलाई पार्टी प्रवेश गराउन नहुने पक्षमा छन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID