
गढवा १७ असाेज
गढवा गाउँपालिकाको बिशेष पहलमा विहिवार गढवा गाउँपालिका वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा बाटोमा लडिरहेको एक जना पुरुषको उद्दार गरिएको छ । वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा एक जना ब्यक्ति अचेत अवस्थामा लडिरहेको जानकारी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले पाए पछी तत्काल उद्धारका लागि पहल गर्नु भएको पालिकाले जनाएको छ ।
जानकारी पाए लगत्तै जानकारी लिन खोज्दा कोही पनि सम्पर्कमा नआएकोले ति बृद्धा लाई उद्दार गरेर निल सागर सेवा आश्रम राप्ती गाउँपालिका – ८ पिपरीमा पठाईएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । जानकारी पाए लगत्तै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी ठाउँमा पुगेर ति बृद्धाको बारेमा जानकारी लिनु भएको हो। अनाथहरूको उद्दार गर्न पालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि अनाथहरुको सहयोग र उद्धार गर्न पालिका सदैव तयार रहने उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनु भयो।
स्वाभिमान युवा क्लबका युवाहरुले ति ब्यक्तिका लागि कपडा सहयोग गरेका हुन्। अन्दाजी ६५ बर्ष देखिने ति ब्यक्तिको पहिचान हुन सकेको छैन । उद्धारको क्रममा गढवा गाउँपालिकाको वडा नम्बर – १ का अध्यक्ष बाबुराम अधिकारी, अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी नायब निरीक्षक कालु सिंह धानक , निल सागर सेवा आश्रम पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चौधरी,निल सागर सेवा आश्रमकी कर्मचारी सिता चौधरी, धर्मराज पोख्रेल, स्वाभिमान युवा क्लबका युवाहरु, भिम थापा, सरोज परियार, स्थानिय लाल बहादुर कुमाल लगायतकाको उपस्थिति र बिशेष सहयोगमा उद्दार गरिएको हो।
निल सागर सेवा आश्रम पिपरीले स्थानीय सरकार, सुरक्षा संयन्त्र र स्थानीको सामन्वयमा असाहाय, हिंसा पीडित र बेवारिसे अवस्थाका ब्यक्तिहरु लाई सुधार सुरक्षा सहितको आवास व्यवस्थापनको काम गर्दै आएको र नाम नखुलेको ति बृध्दा लाई पनि त्यही राख्ने निल सागर सेवा आश्रम पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिनुभयो।
