गढवा गाउँपालिकाका द्वारा बजार अनुगमन,

म्याद नाघेको सबै सामान जफत

आलोक भावुक

गढवा गाउँपालिकाले चाडपर्व नजिकदै गर्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न गढवामा बजार अनुगमन गरेको छ । चार्डपर्वको समयामा कालो बजारी नियन्त्रण गर्न अनुगमन अभियान नै चलाएको छ।


बुधबार उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको नेतृत्वमा गढवा बजारको अनुगमन गरिएको हो।

गढव गाउँपालिका वडा नम्बर – ६ को मुख्य बजारको रुपमा रहेको गढवा बजारमा १४ ओटा स्थानमा छड्के अनुगमन गरेर १७८ ओटा सामान नियन्त्रणमा लिई जलाएर नष्ट गरेको छ।

अनुगमनको क्रममा भेटिएका खाद्य सामाग्री, विषादीजन्य सामानहरू गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको विशेष रोहवरमा आगो लगाई नष्ट गरिएको छ ।

गाउंपालिकाको अनुगमन टोलीले गढवा बजारका १४ वटा स्थान गरी प्याजको बिउ १ प्याकेट, डांठ गोभीको बिउ ४ प्याकेट, किटनासक बिषाधी (प्याकेट) ९ प्याकेट, किटनासक बिषाधी डब्बा ५ डब्बा, बेसन पिठो ३१ थान, आलु चिप्स ३० प्याकेट, बोनबिटा २थान,माल्टो जिङ २ थान, हल्दीबारी चियापत्ति ३थान, टमाटरको सस् २ थान, हारपिक १थान, जिरा २२ प्याकेट, नमकिन भुजा १ थान, गोल्डी मसला १२ प्याकेट म्याद नाघेको अवस्थामा भेटिएका छन् ।


भेटिएका सबै सामान जलाएर नष्ट गरेको उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।
अनुगमनबाट खाद्य वस्तुको उपभोगको म्याद, व्यवसाय दर्ता, मूल्य सूची, सफाइ भए नभएको,बोर्डमा पाना नम्बर भए नभएको हेरिएको छ ।
गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि गढवा गाउँपालिकाले बजार अनुगमनलाई नियमित गर्ने जनाएको छ ।

बजार अनुगमन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, आर्थिक समितिका संयोजक हरिभगत चौधरी, ६नम्बर वडाका वडाध्यक्ष बिर बहादुर आले मगर, इलाका प्रशासन कार्यालय लमहिका बामदेव गिरी,

महिला तथा जेष्ठ नागरिक शाखाका प्रेरणा चन्द,संघ संस्था शाखाका सुरेश पौडेल, राजस्व शाखा कृष्ण पौडेल, इलाका प्रहरी कार्यालय गढवाका महाबिर चौधरी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, खाद्य अधिकार मञ्च गढवाका उमाकन्त पन्त, गढवा होटल ब्यवसायी संघका दयाराम थापा, पत्रकार शिवराज पन्थी र दुख हरण यादव लगाएतकाको उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID