अछाम र दार्चुलाका बाढी पिडितलाई इशामाया गुरुङ र सुनिता गुरुङ द्वारा एक लाख रुपैयाँ सहयोग

आलोक भावुक

अछाम र दार्चुलाका बाढी पिडितलाई सामाजिक अभियन्ता इशामाया गुरुङ र सुनिता गुरुङ द्वारा एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ।

बेलायतमा बस्दै आउनु भएकी इशामाया गुरुङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अछाम र दार्चुलाका बाढी पिडितलाई एक लाख रुपैयाँ सहयोग गरेको जानकारी गराउनु भएको छ।

सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर र देविन्द्र सञ्जेलको समन्वयमा युके र बेलायत बस्दै आएकी इशा माया गुरुङ , इजरायलमा बस्नु हुने सुनिता गुरुङ, देवेन्द्र गाैतम, नेत्र वस्नेत द्वारा अछाम र दार्चुलाका पहिरो पिडित परिवारलाई तत्काल राहत स्वरूप एकलाख रूपैयाँ सहयोग गरेका छन्।

भदौ ३१ गते राति अभिरल वर्षा संगै आएको पहिरोले अछाम जिल्ला ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले दर्जनौंको मृत्यु भएको थियो ।
त्यसैगरी दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता भएका छन् ।
सामाजिक अभियन्ता इशामाया गुरुङ र सुनिता गुरुङ लगायतले नेपालीको हर दुखमा आर्थिक सहयोग गर्दै आउनु भएको छ।

मा प्रकाशित