नेकपा माओवादी (केन्द्र) गढवा गाउँपालिकाको विस्तारित बैठक सम्पन्न,

आलोक भावुक

नेकपा माओवादी (केन्द्र) गढवा गाउँपालिकाको विस्तारित बैठक मंगलबार गढवामा सम्पन्न भएको छ ।
माओवादी केन्द्र गढवा गाउँपालिकाको उपाध्यक्ष देवराज यादवको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

 

सम्पन्न बैठकले मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनलाई लक्षित गरेर रणनीति तथा कार्यक्रमका बारेमा छलफल गरेको माओवादी केन्द्र गढवाले जनाएको छ ।
साथै बैठकले असोज ७ गतेदेखि १४ गते सम्म गढवा गाउँपालिकाको सबैवडाको बैठक सम्पन्न गर्ने, क्रियाशील सदस्यहरु लाई पार्टीको सदस्यता बितरण तथा नविकरण गर्ने, असोज २ गते प्रदेश निर्वाचन क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रममा गढवा गाउँपालिकाको आठ वटै वडाका पदाधिकारीहरु लाई उपस्थिति गराउने निर्णय गरेको माओवादी केन्द्र गढवाले जनाएको छ ।


बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायणी शर्मा (प्रतिक्षा), लुम्बिनी प्रदेश कमिटी सदस्य बिरेन्द्र कुमार चौधरी, आर.डी. यादव, गढवा गाउँपालिका इन्चार्ज तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,लगाएतकाले बोलेका थिए।
बैठकमा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुले अहिलेको समय मङ्सिर ४को निर्वाचनलाई मुख्य केन्द्रविन्दु बनाएर काम गर्न आवश्यक रहेको बताए । स्थानीय स्तरमा भैरहेको काम लाई जनतामाझ पुर्याउन आवश्यक रहेको भन्दै उपस्थित सबैलाई अनुरोध समेत गरे।


बैठकमा बोल्दै गढवा गाउँपालिकाका इन्चार्ज तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुनु पर्ने बताए।
स्थानीय निर्वाचनको नतिजाले थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउन विषयमा पनि छलफल गर्न आवश्यक रहेको भन्दै त्यसतर्फ सबै लाग्नु पर्ने बताए।


लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व माओवादी केन्द्रले मात्रै गर्नसक्ने दाबी समेत गरे।
बैठकमा गढवा गाउँपालिकाको आठ वटै वडाको वडा समितिमा देखीएको समस्या, चुनौतीको बारेमा छलफल भएको थियो। आठ वटैवडामा देखिएका समस्या, चुनौतीहरुको बारेमा १ नम्बर वडाका अध्यक्ष दोर्ण भट्टराई, २ नम्बर वडा इन्चार्ज गया प्रसाद यादव, ३ नम्बर वडाका अध्यक्ष आशाराम चौधरी, ४ नम्बर वडाका सचिव सुर्य नारायण चौधरी
५ नम्बर वडाका सचिव केशव ठेणी मगर, ६ नम्बर वडाका अध्यक्ष महेश कुमार अधिकारी, ७ नम्बर वडाका राम प्रसाद खड्का, ८ नम्बर वडाका इन्चार्ज सद्दाम सिद्दिकीले बैठकमा जानकारी गराएका थिए ।
बैठकमा उठेका सवालहरुको तुलसी राम अधिकारी, हरि भगत चौधरीले, बिर बहादुर आले मगरले जवाफ दिएका थिए।


बैठकमा माओवादी केन्द्रका ६ नम्बर वडाध्यक्ष महेश कुमार अधिकारी, माओवादी नेता चित्र बहादुर रावत लगायतले बोलेका थिए । बैठकको सञ्चालन माओवादी केन्द्र वडा नम्बर ५का अध्यक्ष शंकरदेव चौधरीले गरेका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID