गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा आशिष चौधरीलाई स्वागत

आलोक भावुक

गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा आशिष चौधरीलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी गढवा गाउँपालिका कार्यालयमा हाजिर भएसंगै आज कार्यभार सम्हाल्नु भएको छ।


गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशेष उपस्थितिमा समपन्न भएको हो।
स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पछिल्लो समय समस्यामुलक बितेको भन्दै अबको दिन सफल हुने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत आएपछी सम्पूर्ण शाखा एकरुपता ल्याई काम गर्न सहजहुने बताउनुभयो।
गढवा गाउँपालिकाको आर्थिक, समाजिक एवं समग्र विकासका लागि प्रमुख प्रशासकीय अधिकृत र विभिन्न शाखाका प्रमुख, कर्मचारीहरु संग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । गढवाको समग्र विकाश शुसासन कायम गर्न आवश्यक रहेकोले अधिकृत संग त्यसको अपेक्षा गरेको बताउनु भयो।


त्यसैगरी स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले आफुले जिम्मेवारी सम्हाले देखी नै गढवा गाउँपालिकाको शान्ति, समृद्धि, सुशासन र विकास लाई आत्मासाथ गर्दै अघि बढ्ने बताउनुभयो। जनप्रतिनिधिहरु ले देखेको सपना पुरा गर्नका लागी बनाएको निति तथा कार्यक्रम, बजेट, नियमावली/कार्यविधि सही दिशामा हिडाउने निति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने जिम्मेवारी आफु लगायत हामी सबैको भन्दै त्यसलाई कार्यान्वयन गर्न आफु अघि बढ्ने बताउनुभयो।


सामान्य कार्यलय सहयोगी देखी लिएर शाखा प्रमुखहरुको साथ, सहयोग र समन्वय आवश्यक रहेको भन्दै टिमवर्कमा रहेर समृद्ध गढवा बनाएर जिल्लामै नमुना गाउँ पालिका चिनाउन आफु कुनै कसर बाँकी नराख्ने बताउनुभयो।
आफ्नो पहिलो प्राथमिकता शान्ति, समृद्धि, सुशासन, विकास र भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने रहेको भन्दै सबै शाखा, कर्मचारीको साथ र सहयोग आवश्यक पर्ने बताउनु भयो।

कार्यक्रममा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरी, गढवा गाउँपालिकाकाका योजना शाखा प्रमुख कुलराज कुमाल, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य बिरेन्द्र चौधरी लगायतकाले बोल्नु भएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिकाका सबै शाखाका प्रमुख, उपप्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो।

योजना शाखा प्रमुख कुलराज कुमाल स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID