टिप्ने बेलाका अन्नबाली नष्ट, असिना पानीले १५ मिनेटमै लाखाैंकाे मकै र तरकारी स्वाहा

शिवु खनाल, २ जेठ

देउखुरी, दाङ । केही दिन अघि हावाहुरीसहित परेको असिना पानीले दाङको लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा गाउँमा अन्नबाली नष्ट गरेको छ । गत मंगलवार दिउँसाे तीन बजे परेको असिना पानीले पाक्नै लागेको मकै, बोडी, भिन्डी, लौका, करेला, खरबुजा, काँक्रालगायत अन्य अन्नबाली नष्ट गरिदिएको हो ।

असिना पानीले लाखौंको क्षति गरिदिएपछि धनपुरुवा गाउँका किसान चिन्तित भएका छन् । भित्र्याउनै लागेको अवस्थामा रहेको राजकुमार जातको मकै, बोडी, भिन्डी, लौका, करेला, खरबुजा, काँक्रालगायत अन्य अन्नबालीलाई असिनाले झारिदिनुका साथै कामै नलाग्ने गरि क्षति पु¥याएको छ ।

यति धेरै क्षति हुनेगरी असिना परेको अहिलेसम्म नदेखेको बताउँदै लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा गाउँ निवासी रुद्रबहादुर वलीले भने–असिनाले नष्ट गरेको बाली देख्दा मन रुन्छ । ‘स्थानीय कृषक रूद्रविर वलीले वार्षिक ४८ हजार भाडा दिने गरि गाउँमा करिब दुई बिगाहा जग्गा लिजमा लिएर पहिलो पटक व्यवासायीक खेती सुरु गरेको बताए।

‘स्वदेशमै केही गराैं भन्ने उद्देश्यका साथ पहिलोपटक व्यवसायतर्फ आकर्षित भएको थिँए । तर, यो विपत्तिले सबै लगानी बालुवामा पानी खनाएझैँ भयो, उनले भने–‘गाउँमै छिमेकीसँग तीनलाख ऋण काढेर पहिलोपटक कृषि व्यवसाय सुरु गरेको थिएँ । आम्दानी गर्ने बेलामा सबै थाेक डुब्याे । दुइतर्फी नोक्सानी ब्यहोर्नु परेको छ ।’

हावाहुरीसहित परेको असिना पानीले मकै चुटेर झारिदिएपछि बारीमा हरियो नल ( डाँठ ) मात्र रहेको सोही गाउँ निवासी कृषक लिलानाथ चौधरीले बताए। चौधरीले तीन बिगाहा जग्गामा राजकुमार जातको ४८ किलो मकै लगाएका थिए गतवर्ष भन्दा यसवर्ष बाली सप्रेको बेला हावाहुरीसहित परेको असिनापानीले मकै क्षति पु¥याउँदा एकलाख बराबरको नोक्सानी भएको उनकाे दु:खेसाे थियाे।

यस्तै स्थानीय कृषक रामकृष्ण चौधरीले करिब एक बिगाहा जग्गामा लगाएको तरकारी र अन्नबाली हावाहुरीसहित परेको असिना पानीले क्षति पु¥याउँदा करिब एकलाख पचास हजार बराबरको नोक्सानी व्यहोर्नु परेको बताए। उनले भने – ‘यही अन्नबाली बिक्री गरेर धानको विउ, मलखाद किन्ने तयारी भइरहेको थियो तर, बाली सबै असिना पानीले नष्ट ग¥यो ।’

पन्ध्र मिनेटमै सबै अन्नबाली स्वाहा

हावाहुरीसहित परेको असिना पानीले छिनभरमै अन्नबाली नष्ट भएको स्थानीय कृषकहरुले बताएका छन् । पाक्नै लागेको मकै र बिक्रिको सिजन सुरुभएको बोडि, भिन्डी, लौका, करेला, खरबुजा, काँक्रालगायत अन्य अन्नबाली असिना पानीले नष्ट गरेकाे स्थानीय रमा चौधरीले गणतन्त्र नेपाललाइ बताइन।

उनले भनिन्–‘तीन बजेतिर हावाहुरीसहित परेको असिना पानीले १५ मिनेटमै खेतबारीमा रहेको अन्नबाली सबै सखाप पा¥यो । केही बाँकी राखेन । अब कसरी छाक टार्ने भन्ने कुरामा कृषकहरु चिन्तित बनेका छन् ।’ ‘वर्षदिनसम्म खाने अन्न भित्र्याउने बेला सखाप पारिदियो ।

असिनापानीले नब्बे बिगाहा क्षेत्रफलको मकै र तरकारी स्वाहा

धनपुरूवा गाउँमा करिब ९० बिगहा क्षेत्रफलमा मात्रै ८० प्रतिशत मकै खेतीमा असिना पानीले नोक्सानी गरेको छ भने १३ बिगाहा क्षेत्रफलमा तरकारी खेतीमा नोक्सानी पु¥याउँदा करिब ५० लाखको बराबरको नोक्सानी भएको कृषक बसन्त चौधरीले जानकारी दिए । ‘भर्खरै बिक्रि गर्ने सिजन सुरु भएको बेला असिनापानीले सबै अन्नबाली नष्ट ग¥यो ।

उनले भने – ‘तरकारी मनग्ये उब्जनी भएपछि यस गाउँबाट दैनिक रुपमा चारदेखि पाँचवटा गाडीमा तरकारी बाहिर जाने गर्दथ्याे । तर अहिले सबै अन्नबाली नष्ट भएको छ । लगानीको प्रतिफल पाउने बेला यस्तो विपत आइलाग्यो ।’ अहिले कृषकहरूले आगामी दिनमा खेतीलाइ कसरी निरन्तरता दिने भन्ने कुराले चिन्तित बनाएको बताउने गरेका छन् । उक्त गाउँका सबैजसाे स्थानीय कृषि पेशामा आबद्व छन् ।

यता लमही नगरपालिका कृषि विकास शाखा प्रमुख अमर चौधरीले असिनाले क्षति पु¥याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जानकारी दिए। उनले के कति क्षति भयो भन्नेबारेमा अझैसम्म एकीन नभएपनि सयौं हेक्टरमा लगाइएको मकै, अन्य तरकारी खेतीमा लाखौंको नोक्सान भएको प्रारम्भिक जानकारी आएको बताए । किसान निकै मर्कामा परेकोले स्थानीय सरकारले गर्ने सहयोगमा कमी नहुने उनकाे भनाइ थियाे।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID