सर्पको डसाइ बाट ११ वर्षीय बालिकाको मृत्यु

गणतन्त्रनेपाल समाचारदाता

सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका – ५ महतिनिखोला निवासी ११ वर्षीया सानुमाया विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार पौडेलले जानकारी दिए।

बिहीवार राति १० बजे घरमै सुतेको बेला एक्कासी देब्रे हातको औलामा सर्पले डसेको थियो। कुन सर्पले डस्यो भन्ने पहिचान नभएको मृतकका बुवा गंगाराम विकले बताए। सानुमायाकी आमा सविना विक राजपुर गाउँपालिका -५ को वडासदस्य हुन्।
सर्पले डसेर गम्भीर अवस्थाकी सानुमायालाई उपचारको लागि लमही अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID