शहरी खानेपानी तथा सरसफाई आयोजनाको लागी गढवामा छलफल

आलोक भावुक

शहरी खानेपानी तथा सरसफाई आयोजनाको लागी गढवामा प्रारम्भिक छलफल गरिएको छ।

गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले विज्ञ टोली सँग सम्भावित क्षेत्रमा विस्तार गर्नका लागि प्रारम्भिक छलफल गरेको जनाएको छ ।

केन्द्रीय कार्यालय काठमाडौं नगर विकाश कोषको कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र लमही खानेपानी संस्थाका अध्यक्ष जंग बहादुर चौधरी लगायतको टिमसंग छलफल गरेको हो ।

छलफलमा विस्तार हुन बाँकी रहेको गढवा गाउँपालिकाको वडा नम्बर वडा नं ७ का घोराहा ,सेमरी ,कान्छी गाँउ ,मानपुर ,झारबैरा ,मकनहवा लगायतका क्षेत्रमा विस्तार गर्ने बारे छलफल गरेको संस्थाका अध्यक्ष लेखराज थापाले जानकारी दिनु भयो ।

त्यसैगरी गढवा गाउँपालिकामा वडा नम्बर – ५ को ठुलिचौर ,जमुनिबास ,कक्रहवा र सिमलतारामा खानेपानीको समस्या बारे छलफल भएको अध्यक्ष थापाले बताउनु भयो।

नगर विकाश कोषको सहआयोजनमा व्यावस्थापन तथा सञ्चालन हुने गरी शहरी खानेपानी तथा सरसफाई आयोजनाको लागी पहल गर्ने अध्यक्ष थापाले जानकारी दिनु भयो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID