गढवामा अप्रवासी हकहितका लागी पालिका स्तरीय सञ्जाल गठन

आलोक भावुक

बैदेशिक रोजगार बाट फर्किएका हरुको हकहितको लागी गाउंपालिका स्तरीय सञ्जाल विहिवार गढवामा गठन गरिएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा गढवा गाउँपालिकामा बैदेशिक रोजगार बाट फर्किएकाहरुको हकहितका लागि पालिका स्तरीय सञ्जालको गठन गरिएको हो।

गढवा गाउँपालिकाको आठ वटै वडाबाट प्रतिनिधित्व हुने गरी बैदेशिक रोजगार बाट फर्किएका युवाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बैदेशिक रोजगारबाट बिभिन्न कारणले स्वदेश फर्किएका युवायुवतीहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने तर्फ आफु अग्रसर रहेको र स्वरोजगार गर्न चाहने युवाबर्ग लाई चाहिने सम्पूर्ण सहयोग गर्न आफु तयार रहेको जानकारी दिनु भयो। बैदेशिक रोजगार भने जस्तो सहज नभएको भन्दै स्वदेशमै काम गर्न चाहने युवाहरुलाई सहज वातावरण सिर्जना गर्ने पालिका तयार रहेको जानकारी दिनु भयो। बैदेशिक रोजगारमा जाने चाहने लाई युवाहरुलाई त्यही अनुरूप छुट्टै कार्यबिधि बनाएर सिप विकास तालिम दिन खोजेको योजना बनाएको बताउनु भयो। गढवा गाउँपालिकामा अहिले सम्म बैदेशिक रोजगारमा जाने आउनेहरुको कुनै डाटा नभएको भन्दै त्यस तर्फ आफु छिट्टै पहल गर्ने र बैदेशिक रोजगारमा जाने आउनेहरुका सम्पूर्ण विवरण राख्ने सहयोग गर्ने प्रतिबद्ता ब्यक्त समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले बैदेशिक रोजगारमा जाँदा भोग्नु परेको समस्या लाई सजिलै अनुमान लगाउन नसकिने भन्दै स्वदेश मै रोजगारको अवसर सिर्जना गर्न पहल गर्ने बिचार राख्नु भयो । रोजगारको लागी खाडी लगायतका देशमा पाएको दुख सम्झेर आफ्नै देशमा लगानी गरेर ब्यवसयिक रुपमा लाग्न युवाहरु लाई अनुरोध गर्नु भयो।

सुरक्षित अप्रवास (सामी) कार्यक्रमको दाङ जिल्ला संयोजक बसन्ता पुनले कार्यक्रमको बारेमा जानकारी दिदै कार्यक्रम उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो। बैदेशिक रोजगार बाट फर्किएका हरुको हकहितका लागि सञ्जालको गठन अवश्यक रहेको भन्दै बैदेशिक रोजगार बाट फर्केका युवाहरु लाई सक्रिय रुपमा लाग्न अनुरोध समेत गर्नु भएको थियो।

सञ्जालले कृष्ण बहादुर आलेमगरको संयोजकत्वमा आठ सदस्य तदर्थ समिति गठन गरेको छ। जस्को सदस्यहरुमा सम्भु श्रेष्ठ, सन्तराम योगी, रामलाल राना,भोजराज बुढामगर, सन्दिप चौधरी रहनु भएको छ।

कार्यक्रममा लमही नगरपालिकाको मनो परामर्शकर्ता निमा भट्टराई, स्वयम् सेवक केवल चौधरी लगायतकाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका रोजगार शाखा प्रमुख अशोक कुमार यादवले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID