पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न

आलोक भावुक

गढवा- १३ भाद्र

गढवा गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सोमबार गढवामा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालय दाङका तथ्याङ्क अधिकृत मेघराज पौड्याल र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको उपस्थितिमा रहेको थियो।

गढवा गाउँपालिकाकाको ४ वटा वडाका स्वास्थ चौकी प्रमुख र २ सामुदायिक स्वास्थ्य ईकाई सेवा केन्द्रका  र ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र हरुले आ-आफ्नो संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो।

गोष्ठीमा बिचार राख्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सेवा बृद्दिका लागी कार्य योजना बनाउन सुझाव दिनु भयो।औषधी अभाव कम गर्न, औषधीको व्यवस्थापन गर्न र स्वास्थ्य क्षेत्रमा थप सेवा अवश्यक परे माग गर्न अनुरोध गर्नु भयो ।

स्वास्थ्य क्षेत्र सम्बेदनशिल क्षेत्र भएको भन्दै आवश्यक पर्ने सबैकुराहरु लाई आफुले पहिलो प्रथामिक्तामा राखेको भन्दै सबै स्वास्थ्य शाखामा आवश्यक पर्ने स्रोत साधन र औषधीको कमी हुननदिन सबै शाखाका प्रमुखहरुलाई अनुरोध गर्नु भयो ।पहिलेको बर्ष भन्दा यो बर्ष धेरै सुधार भए पनि अझ यसलाई सुझार र नया सेवा सुबिधा थप्नु पर्ने जोड दिनु पर्ने अध्यक्ष शर्माले बताउनुभयो।

कार्यक्रममा बर्षभरिमा स्वास्थ्य क्षेत्रमा गरिएको कार्यहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो भने पालिका र सम्बन्धित निकायले लिइएको लक्ष्य र प्रगतिका बारेमा तथ्याङ्कगत छलफल गरिएको थियो ।

कार्यक्रममा अझै सुधार गर्नु पर्ने विषयमा आएको सुझावलाई ग्रहण गर्दै आगामी दिनमा थप प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो।

गढवा गाउँपालिकाको वडाका वडाध्यक्षहरुले आ-आफ्नो वडामा रहेका स्वास्थ्य संस्थाको विश्लेषनात्मक भनाई राख्नु भएको थियो ।

चार वटा स्वास्थ्य चौकी प्रमुखहरु गढवा स्वास्थ्य चौकीका प्रमुख रुपनारायण चौधरी, गंगाप्रसपुर स्वास्थ्य चौकीका प्रमुख ज्ञान कुमार बसेल, गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख खिमानन्द भट्टराई र कोईलाबास स्वास्थ्य चौकीका प्रमुख कृष्णा प्रसाद आचार्य, त्यसैगरी चिमचिमे सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख हरिप्रसाद चौधरी, कालाकाटे सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख कल्पना यादव, आधारभुत स्वास्थ्य सेवा केन्द गोबरडियाका प्रमुख कृष्ण प्रसाद भट्टराई, महदेवाआधारभुत स्वास्थ्य सेवा केन्दका प्रमुख रामराज पौडेल, पर्सेनी आधारभुत स्वास्थ्य सेवा केन्दका प्रमुख खोपीराम चौधरी र चन्दनपुर आधारभुत स्वास्थ्य सेवा केन्द प्रमुख कृष्ण खनालले आ-आफ्नो स्वास्थ्य केन्द्रको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

स्वास्थ्य शाखाको सह संयोजक द्रोपदा सुबेदीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण स्वास्थ शाखा संयोजक कैलाश चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID