
जनपत्रकार संगठनको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। काठमाडौंमा भदौ ११ र १२ गते दुई दिनसम्म चलेको सम्मेलनले शेर बहादुर बिश्वकर्मा(दर्शन)को अध्यक्षतामा ५१ सदस्यीय केन्द्रिय नयाँ कार्यसमिति चयन गरेको छ।
जसको उपाध्यक्षमा जानकी चौधरी,महासचिवमा आलोक लिम्बु,सचीवमा बसन्त विक र कोषाध्यक्षमा दिपेश बिष्ट निर्वाचित भएका हुन।
चौथो राष्ट्रिय सम्मेलनबाट ४ जना पछि थप गर्नेगरी निर्वाचित केन्द्रीय सदस्यहरुमा सुदर्शनराज पाण्डे,शोभराज बराल,साहास भट्ट,दाणा केसि,दिपेश शाही,जगदिशनाथ योगि,केबि गाउले,धर्मासिंह बिश्वकर्मा(धिरज),सुर्य बराल,प्रबिन अधिकारी,हर्क घर्ती,सुमन श्रेष्ठ(सर्गम),कर्ण बिश्वकर्मा,कर्ण बस्याल,राजेन्द्र रावत क्षत्री,अनिता गजमेर,हेमन्त प्रकाश वली,गणेश एसके,बादल शाही,सुन्दर तामाङ,उपेन्द्र रावल,पुस्पा साउद,खेमराज वुढा,भरत दास,खकेन्द्र केसि,अशोक शाही,बिरेन्द्र डिसि,हिमान्चल,हिमचुली,जंग बहादुर रेउले,केबि गुरुङ,गोपाल चन्द,निरुता बिश्वकर्मा,ध्रुब गौडेल,बिष्णु बिश्वकर्मा,सुरेन्द्र सापकोटा,भरत बिश्वकर्मा,कमल बिश्वकर्मा,पुनम हमाल,कृष्ण बिश्वकर्मा(पासाङ),भीष्म कोइराला र यदुनाथ दाहाल रहेका छन।
जनपत्रकार संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनमा दाङका दुई पत्रकार केन्द्रीय समितीमा निर्वाचित भएका छन। निर्वाचित हुनेमा संगठनका दाङ जिल्ला अध्यक्ष एवम डेलिन्युजराप्ती अनलाइन डिजिटल पत्रीकाका सम्पादक हेमन्त प्रकाश वली र संगठनका जिल्ला उपाध्यक्ष एवम सिस्ने अनलाइनका प्रबन्ध सम्पादक जंग बहादुर रेउले निर्वाचित भएका हुन।





