बिध्यार्थीसंग गढवा गाउँपालिका अध्यक्षको सम्बाक्रियटिङ पोसिबिलिटिज नेपालद्वारा बिध्यार्थीलाई शैक्षिक सामग्री सहयोपुर्व कम्लहरी,असहाय र बिपन्न बिध्यार्थीसंग गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सम्बाद गर्नु भएको छ।
क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा आयोजना गरिएको पुर्व कम्लहरी असहाय, बिपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग कार्यक्रममा अध्यक्ष शर्माले त्यहाँ उपस्थित छात्र छात्राहरु संग छलफल गर्नु भएको हो । बिध्यार्थीहरु लाई अध्यक्ष शर्माले किताबी ज्ञान संगै व्यवहारिक ज्ञानपनि अवश्यक रहेकोले व्यवहारिक ज्ञान सिक्न पनि अनुरोध गर्नु भएको थियो ।साथै बढ्दो मोबाइल प्रयोगले बिध्यार्थीहरुको पढाईमा बाधा हुने भन्दै सक्दो मोबाइल बाट टाढै रहन र बढाईमा केन्द्रित रहन जोड दिनु भयो।
क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा पुर्व कम्लहरी असहाय, बिपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग गरेको छ । संस्थाले आर्थिक तथा सामाजिक क्षेत्रमा २०६४ साल देखि दाङ जिल्लाको ३ वटा गाँउपालिका गढवा, राजपुर र राप्ति अन्तर्गतका बिभिन्न ठाँउमा सहयोग गर्दै आएको छ।
सस्थाले पुर्व कम्लहरी, असहाय, बिपन्न बालबालिकाको शैक्षिक, सामाजिक र मनोबैज्ञानिक रुपमा सबल बनाउनुका साथै उनिहरुका परिवारलाई आर्थिक रुपमा सक्षम बनाउने कार्य गरिरहेको बिध्यार्थी संयाेजक हेमराज शर्माले जानकारी दिनु भयो।
अहिले यस संस्थाबाट दाङ देउखुरी क्षेत्रका ४९३ जना बालबालिकाहरुले शैक्षिक छात्रबृत्ति मार्फत निशुल्क रुपमा बिभिन्न बिद्यालयमा अध्ययन गर्दै आईरहेका छन् भने गढवा गाउँपालिकाका बिभिन्न बिद्यालयमा ३१७ जना छात्रछात्राहरुले अध्ययन गरिरहेका छन् ।
जसमध्ये ६४ जना छात्र र २५३ जना छात्रा रहेका छन् । मुख्यतय: यस संस्थाले आर्थिक सशक्तिकरण, स्वास्थ्य क्षेत्र सिकल सेल सबन्धी जनचेतनामुलक कार्यक्रम र महिलाहरुको आयआर्जनमा सहयोग पुर्याउदै आईरहेको छ संयोजक शर्माले जानकारी दिनुभयो ।