गढवा स्वास्थ्य चौकीमा सुरुभयो निःशुल्क अल्ट्रासाउन्ड सेवा

आलोक भावुक

गढवा-७ भाद्र

गढवा स्वास्थ्य चौकीमा फ्रि अल्ट्रासाउन्ड सेवा भएको छ। यो सेवा सुरु भएपछी गढवा गाउँपालिका बासीलाई लमही घोराही लगाएतको ठाउँमा गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्न जानु पर्ने समस्या बाट मुक्ति मिल्ने भएको छ।

गढवा गाउँपालिकाको ग्रामीण क्षेत्रका स्वास्थ्य इकाई बाट गर्भवती महिलाहरू लाई अल्ट्रासाउन्ड सेवा प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या मन्त्री इन्द्रजित थारुले प्रदेश सरकारको तर्फबाट ३ वटा अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराउनु भएको हो।

अल्ट्रासाउन्ड मेसिनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारु 

गाउँपालिका भित्रकासबै गर्भवती महिलाहरुको जाँच गर्न ग्रामिण अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण गरेको हो । मंगलवार गढवा स्वास्थ्य चौकी सञ्चालक तथा ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर आले मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा डिजिटल अल्ट्रासाउन्ड मेसिन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उद्घाटन गर्नु भएको छ।

गाउँमा नै गर्भ जाँच गर्न अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे सेवा सुरु भएपछी स्थानीय लाई गर्भवती तथा नव शिशुहरुको स्वास्थ्य अवस्था बुझ्न चर्को मुल्यमा अन्यत्र जानु पर्ने बाध्यता बाट छुटकारा मिलेको छ।

गढवा गाउँपालिका वडा नं. ६ मा मातृ, गर्भवती तथा नव शिशुहरुको लागि ग्रामिण अल्ट्रा साउण्ड (RUSG) मेसिनको उद्घाटन गरिएको हो ।

साथै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई डिजिटल एक्सरे मेसिन हस्तान्तण गर्नु भएको हो ।

डिजिटल एक्सरे मेसिन हस्तान्तण गर्दै स्वास्थ्य मन्त्री इन्द्रजित थारु र ग्रहणगर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल 

गाउँमै अल्ट्रा साउण्ड तथा डिजिटल एक्सरे मेसिन उपलब्ध भएपछि महँगो खर्च तिरेर लमही, घोराही,बुटवल जानु पर्ने बाध्यता अव विस्तारै हटने विश्वास गढवा गाउँपालिकाले लिएको छ ।

गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको बिशेष सहयोगमा गढवा गाउँपालिका लाई तिन वटा अल्ट्रासाउन्ड मेसिन प्राप्त भएको छ। तिन वटा अल्ट्रासाउन्ड मेसिन मध्ये गढवा, गंगाप्रसपुर र गोबरडिया स्वास्थ्य चौकीलाई एक एक थान अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण भएको छ।

पहिलो गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्दै अनमी मन कुमारी यादव

उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले “ग्रामीण क्षेत्रका अधिकांश गर्भवतीहरुलाई गर्भाअवस्थाको ९ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकाशं बच्चा र आमाले ज्यान गुमाउनु परेकोले ग्रामीण क्षेत्रमा हुने नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन अल्ट्रासाउन्ड मेसीनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ बताउनु भयो ।”

त्यसैखरी गढवा स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन पनि स्वास्थ्य मन्त्री चौधरीले हस्तान्तरण गर्नु भएको छ । डिजिटल अल्ट्रासाउन्ड मेसिनको प्रयोगले ग्रामीण क्षेत्रका महिलाहरुले आफनो अवस्था थाहा नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने गढवा स्वास्थ्य चौकी गढवामा कार्यरत अनमी मञ्जु श्रेष्ठले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बिचार राख्दै गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल 

आफूले अल्ट्रासाउन्ड  मेसीन प्राप्त गरिसकेपछि समयकै गर्भवती महीलाको स्वास्थ्य अवस्था पत्ता लगाएर रिफर गरेर आमा र बच्चाको ज्यान बचाउन सहयोग पुग्ने उनको भनाई छ ।

अल्ट्रासाउन्ड मेसीन सञ्चालनको तालिम प्राप्त गरिसकेपछि स्वास्थ्य चौकीमै बच्चा उल्टो छ की सुल्टो भनेर पत्ता लगाउन सक्ने श्रेष्ठको भनाई छ। कतिपय अवस्थामा महिलाको पाठेघर भन्दा तल नै बच्चा बसेको हुन्छ यदी यो अवस्था सुरुमै पत्ता लगाउन सके महिलाको ज्यान जोगाउन सकिने उनको भनाई छ।

उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, वडा नम्बर – ५का अध्यक्ष लेखराज थापा, वडा नम्बर – ४ का अध्यक्ष हरिभगत चौधरी, ६ नम्बर वडा सदस्य मानु कुमाल, गढवा गाउँपालिकाका योजना शाखा प्रमुख कुलराज कुमाल, स्वास्थ्य शाखा उपप्रमुख द्रोपदा सुबेदी, गढवा स्वास्थ्य चौकीका डाक्टर केदार अधिकारी, खुमानन्द पोख्रेल, शिव हमाल, कोईलाबास स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद आचार्य, गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख ज्ञान कुमार बसेल, महिला स्वयं सेविका सकुन्तला डिसी, प्रभा यादव, दयाराम यादव, एकीकृत समाजवादीका राम प्रसाद गैरे, महिला स्वयं सेविकाहरुको उपस्थिति रहेको थियो। उषा पाण्डे, सिबित्रा घिमिरे, सुमित्रा चौधरी, बिष्णु घर्ती, सुनिता घर्ती, बसन्ता खनाल, कालीदेवी कुमाल, सिता चौधरी, छायाँ सिंह ठकुरी लगायतकाको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा उपस्थित महिला स्वयं सेविका र स्वास्थ्यकर्मीहरु

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID