गढवा गाउँपालिकाद्वारा विद्यालयमा जंकफूड प्रयोगमा निषेध

आलोक भावुक

गढवा गाउँपालिकाले विद्यालयमा खाजाको रुपमा जंकफूड प्रयोग गर्नबाट निषेध गरेको छ । जसले गर्दा अहिले विद्यालयको चेमना गृह र विद्यालय हाताभित्र जंकफूड बिक्री वितरणमा रोक लगाइएको छ ।

विद्यार्थीले घरमै बनाएको खानेकुरालाई खाजाको रुपमा प्रयोग गर्न थालेका छन् । तर सबै विद्यार्थी, अभिभावक र चमेना गृह सञ्चालकहरुलाई जंकफूडले गर्ने असर र प्रभावको बारेमा जानकारी दिनुपर्ने देखिएको छ ।

गढवा गाउँपालिकाको गाँउ शिक्षा समितिको बैठकले विद्यालयमा जंकफूड निषेध गरेपछिको अवस्था बुझ्न स्थलगत अध्ययन गर्ने जनाएको छ ।

गढवा गाउँपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत विध्यालयहरुमा जंगफुड निषेधित गर्ने निर्णय गरेको साथै बैठकले सामुदायिक बिध्यालयहरुमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका २०७६ बमोजिम ब्यवस्थापन गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको शिक्षा अधिकृत श्याम बहादुर बिकले जानकारी दिनु भयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID