ड्याममा डुबेर घोराही एक जना बेपत्ता

गणतन्त्र समाचारदाता

दाङमा एक जना डुबेर बेपत्ता भएका छन् । आज बिहान ११ बजे कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुभएको छ ।

डुबेर बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका १७ कर्जाही निवासी ४० वर्षीय अम्मर चौधरी रहेको प्रहरीले जनाएको छ ।

स्थानियले डुबेको भन्ने थाहा पाएपछि दिउँसो १२ बजे प्रहरीलाई खबर गरेको डिएसपी गौतमले जानकारी दिएनुभयो । वेपत्ता भएका चौधरीको खोजीकार्य भैरहेको बताएको छ ।।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID