माओवादी बैठक : प्रचण्डले पेश गरेको पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित

गणतन्त्र समाचारदाता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। शनिबार बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हा ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रिय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै प्रचण्डले बैठकमा पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो । प्रचण्डले बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका थिए ।

त्यस्तै उनले उपमहासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव, सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की र कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव गरेका थिए ।

बैठकले १२५ जनाको पोलिटब्युरो बनाउने निर्णय समेत गरेको छ । स्थायी समिति बैठक सकिएको छ ।

 

मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']