गढवा गाउँपालिकाको गाँउ शिक्षा समितिको पहिलो बैठक गढवामा सम्पन्न

आलोक भावुक

गढवा-३१ श्रावण

गढवा गाउँपालिकाको गाँउ शिक्षा समितिको पहिलो बैठक गढवामा सम्पन्न भएको छ।

गाँउ शिक्षा समितिका अध्यक्ष तथा गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकलेे शैक्षिक सत्र २०७८ को कक्षा ८ र १० को नतिजा विश्लेषण गरी सिकाई उपलब्धि बृद्धि गर्ने गरी बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै बैठकले दिवा खाजा कार्यक्रम “सामुदायिक विध्यालयमा दिवा खाना मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका २०७६” बमोजिम व्यवस्थापन गरी सामुदायिक तथा संस्थागत विध्यालयहरुमा जंगफुड निषेधित गर्ने, भाद्र मसान्त भित्र दरबन्दी मिलानगरी प्रधानाध्यापक व्यवस्थापन र विषयगत शिक्षक व्यवस्थापन गर्ने निर्णय गरेको गढवा गाउँपालिका शिक्षाशाखा अधिकृत श्याम बहादुर बिकले जानकारी दिनु भयो ।

त्यसैगरी यस गढवा गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विध्यालयका प्रधानाध्यापकहरु संग कार्य सम्पादनको आधारमा करार सम्झौता गर्ने निर्णय गरेको गाँउ शिक्षा समिति सदस्य गोबिन्द केसीले बताउनु भयो ।

बैठकमा शिक्षा समितिका सदस्य राजु यादव, जयकला बिक, दिनमणी अचार्य, खिमा डागी, गोबिन्द केसी, हेमन्त कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण शिक्षाशाखा अधिकृत श्याम बहादुर बिकले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID