वामदेव पनि माओवादीको चिन्हबाट चुनाव लड्ने

गणतन्त्र समाचारदाता

राष्ट्रिय सभा सदस्य वामदेव गौतम मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को चिन्ह लिएर उठ्ने भएका छन्।

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया-१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए।

एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका उनी पछिल्लो वामपन्थी घटक मिलाउने अभियानमा सक्रिय थिए।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID