शहरी विकास मन्त्री मेटमणि चौधरीद्वारा राप्ती कोरिडोरको शिलान्यास

गणतन्त्र समाचारदाता

गढवा- ३१ श्रावण 

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई लक्षित गरी नयाँ परियोजना राप्ती कोरिडोर शुरु हुने भएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले सो परियोजनाको शिलान्यासमेत गरेका छन् ।
भालुवाङदेखि राप्ती नदीको किनारैकिनार बाँकेको सिमानासम्म जोड्ने ८७ किलोमिटर नयाँ सडक निर्माण गर्ने गरी परियोजना अघि बढाइने मन्त्री चौधरीले बताए । एशियाली विकास बैंकको आर्थिक सहयोगमा सो परियोजना शुरु गरिने जानकारी दिए।

यो परियोजनाले प्रदेश राजधानी ब्यवस्थापनमा सहयोग पुग्ने र सडकसँगै राप्तीको तटबन्ध हुँदा पर्याप्त मात्रामा नयाँ जग्गा पनि किस्कने मन्त्री चौधरीको भनाई थियो। त्यसबाट नयाँ शहर निर्माणका लागि अवसर प्राप्त हुने मन्त्री चौधरीको दाबी छ ।

दाङमा मेघा प्राजेक्ट– विमानस्थल र केवलकार पनि 

मन्त्री चौधरीले अर्को एक प्रसंगमा टरिगाउँ विमानस्थलका लागि २२ करोड बजेट सुनिश्चित भएको पनि बताउनुभयो । यदि विस्तार गर्न संभव भएमा यसबाट आठ सय मिटर रनवे विस्तार हुने र ठूला जहाज चलाउने संभव हुने पनि उहाँले बताउनुभयो । त्यस्तै देउखुरीको मौरीघाटदेखि स्वर्गद्वारीसम्मको ५५ किलोमिटर केवलकार निर्माणका लागि सरकारले डिपिआर गर्ने र निजी क्षेत्रलाई लगानीका लागि आव्हान गरिने पनि मन्त्री चौधरीले जानकारी दिनुभयो ।

मन्त्री चौधरीले मुसोट–बबई सुरुङमार्गको डिपिआर तयार भएको र घोराही तुलसीपुर सडक विस्तारलाई तीब्र गतिमा अघि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिएको जानकारी दिए।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID